पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते - 2018-01-05
पुस २१ मन्त्रीपरिषदको बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले माघ २४ गतेका लागि राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो।

ओलम्पिकबारे जनवरी ९ मा दुई कोरियाबीच वार्ता हुने - 2018-01-05
काठमाडौँ पुस २१ उत्तर कोरियाले अर्को साताका लागि गरिने भनिएको उच्च स्तरको वार्ता प्रस्ताव स्वीकार गरेको दक्षिण कोरियाली अधिकारीरुले बताएका छन्। बीबीसीका अनुसार उक्त वार्ता जनवरी ९ मा हुने छ। वार्ता अर्को महिना(फ्रेव्रेवरी) सोलमा आयोजना हुने हिउदे ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे केन्द्रित हुने छ।

राष्ट्रपति भण्डारीसँग भेट्दै प्रधानमन्त्री देउवा - 2018-01-05
काठमाडौं पुस २१ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपरान्ह भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन्।

राष्ट्रपति-प्रधानमन्त्री भेटपछि मन्त्री परिषदको आकस्मिक बैठक - 2018-01-05
काठमाडौं पुस २१ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी मन्त्री परिषदको बैठक बोलाइएको हो। देउवाले अपरान्ह ३ बजे राष्ट्रपतिलाई भेटेका थिए।

राष्ट्रपति भेट्न शीतलनिवास पुगे आयोगका पदाधिकारी - 2018-01-04
काठमाडौँ पुस २० समानुपातिकतर्फको मत परिणामका विषयमा कुरा गर्न निर्वाचन आयोगका पदाधिकारीहरु शीतलनिवास पुगेका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास पुगेका हुन्।

ओली–प्रचण्ड भेटपछिमात्र एकता संयोजन समितिको बैठक - 2018-01-03
काठमाडौं पुस १९ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो।

छक्कबहादुरले भने, कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु - 2018-01-02
काठमाडौं पुस १८ हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन्।

ओलीको निर्वाचन खर्च २४ लाख! - 2018-01-02
काठमाडौं पुस १८ झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्। गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865749 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top