पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

गौर नगरपालिकामा राजपाको विजय जुलुश - 2017-09-23
रौतहट, असोज ७ रौतहट सदरमुकाम गौर नगरपालिकामा राजपाले विजय जुलुश निकालेका छन् । मेयर पदकमा अजय गुप्ता ५०९३ मत ल्याएर विजयी भएको थियो । साथै उपमेयरमा पनि राजपाकै किरण ठाकुर ३०५५ मतका साथ विजयी भएको थियो ।

सर्लाहीको हरिवन नगरपालिकामा एमाले विजयी - 2017-09-23
सर्लाही, असोज ७ सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। हरिवन नगरपालिकाको मेयरमा गणेश प्रसाईँ र उपमेयरमा रेणुका पौडेल विजयी भएका छन्।

राजेन्द्र महतोका दाजु बने गाउँपालिका अध्यक्ष - 2017-09-23
मलंगवा, असोज ७ राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोको दाई महेन्द्र महतो गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।

चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी - 2017-09-22
चन्द्रपुर, असोज ६ रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। उपमेयरमा भने एमालेकी उम्मेदवार विजयी भएकी छिन्। मेयरमा कांग्रेसका रामचन्द्र चौधरी विजयी भए भने उपमेयरमा एमालेकी रामरती चौधरी विजयी भइन्।

जम्बो मन्त्रिमण्डलबारे देउवालाई अमेरिकामा पनि प्रश्न - 2017-09-22
काठमाडौं, असोज ६ जम्बो मन्त्रिमण्डल बनाएर नेपालमा चर्को आलोचना खेपेका प्रधानमन्त्री शेरबादुर देउवाले अमेरिकमा पनि प्रश्नको समाना गर्नु परेको छ। संयुक्त राष्ट्रसंघको ७२ औं महासभाका लागि न्यूयोर्कमा रहेका प्रधानमन्त्री देउवालाईं कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुले अन्तरक्रियामा जम्बो मन्त्रिपरिषद्बारे प्रश्न उठाएका हुन्।

राजपा अध्यक्ष मण्डल का सदस्य अनिल कुमार झा को गाउँ बाट माओबादि केन्द्रका डि के झा वडा अध्यक्षमा बिजयी - 2017-09-21
गौर/०६,असोज/ दुर्गा भगबती गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्षमा माओबादि केन्द्र का युवा नेता डि के झा बिजयी हुनु भएको हो l राजपा अध्यक्ष मण्डल का सदस्य अनिल कुमार झा को गाउँ मत्सरी बाट २०७ मत को फराकिलो मत ले युवा नेता झा

पहिलो महिला मेयर बनिन् रिनाकुमारी - 2017-09-21
रौतहट, असोज ५ रौतहटको मौलापुर नगरपालिकामा माओवादी विजयी भएको छ। माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवार रिनाकुमारी साह ३९१२ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी - 2017-09-21
वीरगञ्ज, असोज ५ पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका पदमलाल श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा शान्तिमाया थिङ विजयी भएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865725 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top