पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय फोरम विजयी - 2017-09-26
कलैया, असोज १० बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ।

दलहरुको ध्यान निर्वाचनतिर, नेताहरुको ध्यान टिकटतिर - 2017-09-25
पोखरा, असोज ९ स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ।

१२९ स्थानीय तहको मतपरिणामः को कहाँ विजयी? - 2017-09-25
असोज ९ र्वाचनमा सबैभन्दा बढि नेपाली कांग्रेसले ३७ तहमा विजय हासिल गरेको छ। संघीय समाजवादी फोरमले २४ तहमा बाजी मारेको छ भने राजपाले पनि २४ स्थानीय तहमा जित हासिल गरेको छ।

‘एमालेका एजेन्डाले मलाई तान्यो’ - 2017-09-24
काठमाडौं, असोज ८ राप्रपाको गत फागुनमा भएको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली एक वर्ष नपुग्दै पार्टी परिवर्तन गर्ने भएकी छिन्। एकता महाधिवेशन भएको एक वर्ष पनि नपुग्दै राप्रपा विभाजन हुन पुग्यो। विभाजन हुँदा राप्रपामै बसेकी कोमल नेकपा एमालेमा प्रवेश गर्ने पक्कापक्की भएको छ।

जुम्ला पुगेर प्रचण्डले भनेः माओवादीको सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको हो - 2017-09-24
जुम्ला, असोज ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेका बताउनु दावी गरेका छन्।

यातायातमन्त्री भन्छन्ः बढी भाडा लिए कडा कारबाही हुन्छ - 2017-09-24
काठमाडौँ, असोज ८ दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ।

देवाही गोनाहीमा फोरमका धमेन्द्र पटेल विजयी - 2017-09-23
रौतहट, असोज ७ रौतहट देवाही गोनाही नगरपालिकामा संघिय समाजवादी फोरम नेपालका धर्मेन्द्र पटेल मेयर पदमा विजयी भएका छन् । धमेन्द्र पटेलले २०५ मतले नेकपा माओवदीलाई परास्त गरि मेयर पदमा विजयी भएका थिए । उनको कार्यकाल सफल होस भन्ने हामी कामना गरेका छैं ।

राजपाका अनिल झाको घरमा माओवादीका डिके झा विजयी - 2017-09-23
रौतहट, असोज ७ दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मा अध्यक्ष पदमा यूवाहरुको ढुकढुकी डिके झा विजयी भएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य रहेका अनिल कुमार झाको गाउँमा माओवादी केन्द्रका यूवा एवं प्रभावशाली नेता विजयी भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865737 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top