पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

मोदी अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यासका लागि नेपाल आउने - 2017-10-03
काठमाडौँ, असोज १७ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यासका लागि नेपाल आउने भएका छन्। मोदीले नेपाल भ्रमण गर्ने निश्चित भइसके पनि मिति चाहिँ तय भइसकेको छैन। मिति तय गर्न गृहकार्य परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ।

राजपाका सहअध्यक्ष त्रिपाठीसहित पाँच नेताले गरे विद्रोह, एमालेको चिन्हमा चुनाव लड्ने घोषणा - 2017-10-03
काठमाडौँ, १७ असोज स्थानीय तहको निर्वाचनताकादेखि नै असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) का असन्तुष्ट नेताहरूले अन्ततः पार्टीबाट विद्रोह गरेका छन् । ६ वटा तराईकेन्द्रित दलहरू मिलेर बनेको उक्त पार्टीका अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् ।

देउवा र प्रचण्डबीच आजै दुई पटक वार्ता - 2017-10-03
काठमाडौं, असोज १७ ‘चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ।’

विजयदशमीको दिन मत्सरिका नवनिर्वाचित वडा अध्यक्ष डीके झा द्वारा पदभार ग्रहण - 2017-10-02
गंगापिप्रा /१५,असोज/ रौतहट जिल्लाको दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मत्सरीको वडा कार्यालय शनिबार बिजय दशमी को अबसर पारेर शुभारम्भ भएको छ । दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मत्सरीमा रहेको प्रख्यात दुर्गा मन्दिरमा शनिबार देखि वडा कार्यालयमा नवनिर्वाचित

आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमाले स्थायी समितिको निर्णय - 2017-10-01
काठमाडौँ, असोज १५ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको सन्देश - 2017-10-01
काठमाडौँ, असोज १५ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गरेका छन्।

वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम विजय - 2017-09-28
असोज ११ देशकै कान्छो महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन्। सरावगी १९३९३ मतसहित वीरगञ्जको पहिलो मेयर बन्न सफल भएका हुन्।

वीरगञ्ज मेयरमा फोरम र उपमेयरमा कांग्रेसको सम्भावना बलियो - 2017-09-26
वीरगञ्ज, असोज १० प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार मेयरमा संघीय समाजवादी फोरम र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारको सम्भावना बलियो देखिएको छ। मतगणना उत्तरार्धतिर आइपुग्दा फोरमका मेयर उम्मेदवारले करिव १५ सय मतले कांग्रेसभन्दा अगाडि देखिएका छन्। अहिलेसम्म ३२ मध्ये २९ वडाको मत गणना भइसकेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865727 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top