पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

राजनीतिक ध्रुवीकरणले मोदीको नेपाल भ्रमण रोकियो - 2017-10-06
काठमाडौँ, असोज २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। आसन्न प्रदेश र संघीय चुवना नजिकिदै जाँदा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि तत्कालका मोदीले आफ्नो नेपाल भ्रमण स्थगित गरेका हुन्।

माधव नेपाल रौतहट छाडे - 2017-10-05
गौर/१८,असोज । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा उम्मेदवार प्रस्ताव गरेको छ । एमाले क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले सो

कांग्रेसले भन्योः वामपन्थी एकता कांग्रेसका लागि अवसर - 2017-10-04
काठमाडौँ, असोज १८ नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले लोकतान्त्रिक शक्तिबीचका बीचमा गठबन्धन र एकताका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

बृहत लोकतान्त्रिक गठबन्धनको कसरतमा कांग्रेस - 2017-10-04
काठमाडौं, असोज १८ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेलको घोषणा र पार्टी एकता प्रक्रिया सुरु भएपछि कांग्रेसले पनि बृहत लोकतान्त्रिक गठबन्धनको तयारी थालेको छ। गठबन्धनको तयारीका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादर देउवाले हिजो मंगलबारदेखि नै बाम गठबन्धन इतरका दलहरुका नेताहरुसँग छलफल अगाडि बढाएका छन्।

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, पार्टी एकता प्रक्रिया सुरु (६ बुँदे सहमतिपत्र) - 2017-10-04
काठमाडौँ, असोज १७ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्ने सहमति भएको छ। निर्वाचनमा तालमेलसँगै पार्टी एकता गर्न ८ सदस्यी पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय भएको जानकारी मंगलबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा दिइएको छ।

यादवको रिहाइ माग गर्दै बार एसोसिएसनको ज्ञापनपत्र - 2017-10-04
इटहरी, असोज १८ सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाको कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

एमाले–माओवादी गठबन्धनमा बाबुराम भट्टराई पनि सामेल - 2017-10-03
काठमाडौँ, असोज १७ पार्टी एकता गर्नेगरी चुनावी तालमेलको तयारीमा लागेका एमाले र माओवादीसँग नयाँ शक्ति नेपाल पार्टी पनि सहभागी भएको छ। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेर छलफल गरेपछि भट्टराई तालमेल र एकता प्रक्रियामा सहभागी हुने भएका हुन्।

एमाले–माओवादीबीच तालमेलको सहमति, चुनाव चिन्ह आआफ्नै - 2017-10-03
काठमाडौँ, असोज १७ एमाले र माओवादी केन्द्रबीच आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति भएको छ। एमाले र माओवादीबीच आआफ्नै चुनाव चिन्ह लिएर तालमेल गर्ने समझदारी बनेको हो। तालमेलको रुपरेखाबारे जानकारी दिन आजै पाँच बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865731 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top