पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

कमल थापा दुबै गठबन्धनसँग वार्गेनिङमा - 2017-10-07
काठमाडौं, असोज २१ कांग्रेसले अगुवाइ गरिरहेको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि पठाएको राप्रपा अध्यक्ष कमल थापा अझै पनि कुन गठबन्धन रोज्ने भन्नेमा दोधारमा देखिएका छन्। गठबन्धनका दलहरु सिट वाँडफाँटमा लागिरहेका बेला शुक्रबार अवेर मात्र नेता थापाले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ‘राप्रपालाई सम्मानजनक सिट दिएमा वाम गठबन्धनलाई सघाउने’ प्रस्ताव राखे।

कांग्रेस, एमाले र माओवादी केन्द्रले गरे उम्मेदवारको नाम सिफारिस - 2017-10-07
उदयपुर, असोज २१ देशमा विभिन्न राजनीतिक दलबीच चुनावी एकता र राजनीतिक ध्रुवीकरण बढिरहेको अहिलेको अवस्थामा उदयपुर जिल्लामा भने ठूला तीनवटा राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते प्रदेश र केन्द्रको चुनावको लागि पार्टीको तर्फबाट सम्भावित उम्मेदवारको नाम निर्धारण गरेका छन्।

पोलिट्ब्युरो बैठकमा माओवादी नेताहरुले भनेः वाम एकता अवसर र खतरा दुबै - 2017-10-07
काठमाडौँ, असोज २१ शनिबारदेखि काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको छ। अहिलेसम्म बैठकमा नेताहरु रामबहादुर थापा 'बादल', कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ले बोलेका छन्। उनीहरुले वामपन्थी एकता अवसर र खतरा दुवै भएको बताएका छन्।

एमाले प्रवेश गर्दै सिलवालको मन्तव्यः लेनिनको भनाइबाट शुरु, लालसलाममा अन्त्य - 2017-10-06
काठमाडौं, असोज २० डिआइजी पदबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार एमाले प्रवेश गरे। पार्टी प्रवेशका क्रममा सिलवालले भावुक मन्तव्य राखे। मन्तव्यको उनको भाषा कर्मकाण्डी थिएन बरु मिठासपूर्ण र दार्शनिक प्रकृतिको थियो।

वामपन्थी एकता राष्ट्र निर्माणको महान् यज्ञ होः ओली - 2017-10-06
काठमाडौँ, असोज २० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीहरुका बीचमा हुन लागेको एकता राष्ट्र निर्माणका लागि महान् यज्ञ भएको बताएका छन्।

राजपाका सह–महासचिवले पार्टी छाडे - 2017-10-06
विराटनगर, असोज २० राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन्। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी दिए।

ठाकुर र यादव आगामी चुनावमा साझा उम्मेदवारी दिने सहमती - 2017-10-06
असोज २० कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् । फोरम र राजपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावी रणनीतिबारे छलफल - 2017-10-06
काठमाडौँ, असोज २० प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। बैठकमा पछिल्लो राजनीतिक ध्रुवीकरण र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल भएको छ। बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल चलिरहेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865719 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top