पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

उम्मेदवारको सुरक्षालाई प्राथमिकता देऊ- निर्वाचन आयोग - 2017-10-12
२६ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको छ ।

एमाले प्रवेश गर्दै सीमारक्षक देवनारायणले भने: मलाई कतिबेला मार्छन् थाहा छैन - 2017-10-12
असोज २६ सीमारक्षक देवनारायण यादव एमालेमा प्रवेश गरेका छन्। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको पार्टी एकता तथा प्रवेश कार्यक्रममा यादवसहित मेघराज नेपाली निषद् नेतृत्वको मधेस समता पार्टी एमालेमा प्रवेश गरेका छन्।

सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई - 2017-10-09
काठमाडौं, असोज २३ नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल आज नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट हुने भएको छ। एमाले माओवादी केन्द्र र नयाँशक्तिबीच चुनावी तालमेल र एकताको घोषणा भएको हप्ता दिन बितिसक्दा पनि नयाँशक्तिले पाउने सिट संख्या तय नगरिँदा नयाँशक्ति असन्तुष्ट छ।

समाजवादी क्रान्ति सम्पन्न भएको हेरेर मर्न मन छः प्रचण्ड - 2017-10-09
काठमाडौँ, असोज २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने बताएका छन्। सोमबार राजधानीमा वाइसिएलको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानान्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको वाम गठबन्धन निरन्तरतामा क्रमभङ्ग भएको बताए।

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछः राष्ट्रपति - 2017-10-09
तनहुँ, असोज २३ राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्। गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्।

सिरहा क्षेत्र नं १ बाट ओलीको नाम सिफारिस - 2017-10-08
लहान, असोज २२ आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ। एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए।

८० भन्दा बढी सिट गठबन्धनका दललाई दिन कांग्रेसको गृहकार्य - 2017-10-08
काठमाडौं, असोज २२ नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ८० भन्दा बढी सिट लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई दिने तयारी गरेको छ। मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल वाम गठबन्धन बनाएर चुनावमा जाने भएपछि कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निष्कर्षमा पुगेको हो।

एमालेसँग पार्टी एकताको प्रस्ताव मैलै नै राखेको हुँः प्रचण्ड - 2017-10-07
काठमाडौँ, असोज २१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई आफूले पार्टी एकताको प्रस्ताव राखेको दावी गरेका छन्। शनिबार राजधानीमा जारी पोलिट्ब्युरोको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘एमालेले माओवादीलाई फसाएको भन्ने तपाईंहरुलाई लाग्ला तर त्यस्तो नसोच्नुहोला’, उनले भने, ‘यसपटक पार्टी एकताको प्रस्ताव मैले नै राखेको हो,एमालेले होइन।’ उनले थपे, ‘नेतृत्वलाई कहाँ लगेर फसाइयो भन्ने कुरा तपाईंलाई लाग्छ भने त्यो गलत हो।’

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865743 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top