पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा

माघ ९


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ। महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० बिघा जमिन मिचेको छ। दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ। ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए।

एमाले छोडेको भोलिपल्टै कांग्रेसबाट पाए मोहनसिंह राठौरले टिकट - 2017-11-01
काठमाडौं, कार्तिक १५ नेकपा एमाले छोडेर कांग्रेस प्रवेश गरेको भोलिपल्टै पूर्वसांसद मोहन सिंह राठोरले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन्। कांग्रेस संसदीय समितिको बुधबार बसेको बैठकले कांग्रेस प्रवेश गरेका पूर्वसांसद राठोरलाई कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठाउने निर्णय गरेको समितिका सदस्य डा. रामशरण महतले जानकारी दिए।

किन टुङ्गो लाग्न सकेन राजपा नेताहरु लड्ने क्षेत्र? - 2017-11-01
काठमाडौं, कार्तिक १५ दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म पनि राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्ग्याउन सकेको छैन। कांग्रेससँग चुनावी तालमेल हुने नहुने कुराको टुङ्गो लाग्न नसक्नु नै राजपा नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्गिन नसक्नुको मुख्य कारण बनेको छ।

फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट (निर्वाचन क्षेत्रको सूचीसहित) - 2017-10-31
काठमाडौं, कार्तिक १४ मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुको बाँटफाँट टुङ्ग्याएका छन्। बाँटफाँटमा फोरमले सो प्रदेशका १७ सिट पाएको छ भने राष्ट्रिय जनता पार्टीले १५ सिट सिट प्राप्त गरेको छ। यसैगरी प्रदेश तर्फ फोरमले ३३ र राजपाले ३१ सिट पाएको छ। उनीहरुले पाएको सिट निम्न बमोजिम छ।

नेपाल-चीन नाकामा अत्याधुनिक निगरानी उपकरण - 2017-10-31
बेइजिङ, कार्तिक १४ चीनले नेपालसँग सीमा जोडिएको तिब्बतको खासामा अत्याधुनिक निरीक्षण उपकरण जडान गरेको छ। चीन–नेपाल सीमा क्षेत्रको तिब्बती, खासा सीमा सुरक्षा जाँचबुझ केन्द्रले वैज्ञानिक प्रविधि नियन्त्रित मानवरहित उपकरण जडान गरेको हो। यसले रातको समयमा पनि अवलोकन गर्न सक्छ।

देउवा पत्नी आरजुले पाइन् टिकट - 2017-10-30
काठमाडौं, कार्तिक १३ नेपाली कांग्रेसकी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन्। अघिल्लो पटक समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी प्रधानमन्त्री देउवाकी पत्नी आरजु यो पटक भने प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्न लागेकी हुन्

राजपाका नेता टिकट माग्दै आमरण अनशनमा - 2017-10-30
राजविराज, कार्तिक १३ अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन्। राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएका छन्।

मधेशी गठबन्धनमा पनि टिकट बाँडफाँटमा सकस, गुहारियो शीर्ष नेता - 2017-10-30
काठमाडौं, कार्तिक १३ मधेस केन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच प्रतिनिधि र प्रदेश सभाको सिट बाँडफाँट टुंगिएपनि कुन निर्वाचन क्षेत्र कसले पाउने भन्ने विषयमा सहमति जुटाउन कठिन भएको छ। फोरमले सप्तरी २ अध्यक्ष उपेन्द्र यादवका लागि छोडिदिन आग्रह गरिरहेको छ। तर राजविराज नगरपालिका लगायतमा विजय हासिल गरेको राजपा यादवका लागि त्यो क्षेत्र छोड्न तयार छैन।

वाम गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल हुँदैछः सञ्चारमन्त्री - 2017-10-30
भक्तपुर, कार्तिक १३ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन्। भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको सोमबार लोकार्पण गर्दै मन्त्री बस्नेतले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868351 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top