पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

दिउसो १ बजे उम्मेदवारी दर्ता गर्दै प्रचण्ड - 2017-11-02
काठमाडौं, कार्तिक १६ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउसो १ बजे चितवन–३ बाट उम्मेदवारी दर्ता गर्ने भएका छन्। उम्मेदवारी दर्ताका लागि उनी सोमवार विहानै गृहजिल्ला पुगेका छन्। प्रचण्डको उम्मेदवारी दर्ताअघि वाम गठबन्धनले प्रचण्डको नेतृत्वमा सभा आयोजना गर्ने भएको छ।

मिश्रले गरे काठमाडौं १ बाट मनोनयन दर्ता - 2017-11-02
काठमाडौं, कार्तिक १६ वीवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्। मनोनय दर्ता गर्न मिश्र आफ्ना सहयोगी र कार्यकर्तासहित राष्ट्रिय सभागृह पुगेका थिए। मिश्र झण्डै एक महिनादेखि नै काठमाडौं १ मा चुनावी अभियानमा छन्, जुन क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका छन्।

राजपाका अनिल झा क्षेत्र नं. १ बाट हारने, बाम गठबन्धनका सत्यनारायण भगतको जित निस्चित - 2017-11-01
जितेन्द्र कुमार । रौतहट, कार्तिक १५ राष्ट्रय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा रौतहट क्षेत्र नं. १ बाट हारने निश्चित देखिएको छ । उनी पहिलो संविधान सभाको चुनावमा संधिय समाजवादी पार्टीको उम्मेदवारको रुपमा रौतहट क्षेत्र नं. १ बाटै प्रतिष्पर्धा गरेको थिए ।

झापा–१ मा विश्वप्रकाश कांग्रेस उम्मेदवार, माओवादीका राम कार्कीसँग पर्ने भो भिडन्त - 2017-11-01
काठमाडौं, कार्तिक १५ नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–१ बाट उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय समितिको बुधबार बालुवाटारमा बसेको बैठकले शर्मालाई झापा–१ बाट उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य एवं समितिका सदस्य डा. रामशरण महतले जानकारी दिए।

एमाले छोडेको भोलिपल्टै कांग्रेसबाट पाए मोहनसिंह राठौरले टिकट - 2017-11-01
काठमाडौं, कार्तिक १५ नेकपा एमाले छोडेर कांग्रेस प्रवेश गरेको भोलिपल्टै पूर्वसांसद मोहन सिंह राठोरले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन्। कांग्रेस संसदीय समितिको बुधबार बसेको बैठकले कांग्रेस प्रवेश गरेका पूर्वसांसद राठोरलाई कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठाउने निर्णय गरेको समितिका सदस्य डा. रामशरण महतले जानकारी दिए।

किन टुङ्गो लाग्न सकेन राजपा नेताहरु लड्ने क्षेत्र? - 2017-11-01
काठमाडौं, कार्तिक १५ दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म पनि राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्ग्याउन सकेको छैन। कांग्रेससँग चुनावी तालमेल हुने नहुने कुराको टुङ्गो लाग्न नसक्नु नै राजपा नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्गिन नसक्नुको मुख्य कारण बनेको छ।

फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट (निर्वाचन क्षेत्रको सूचीसहित) - 2017-10-31
काठमाडौं, कार्तिक १४ मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुको बाँटफाँट टुङ्ग्याएका छन्। बाँटफाँटमा फोरमले सो प्रदेशका १७ सिट पाएको छ भने राष्ट्रिय जनता पार्टीले १५ सिट सिट प्राप्त गरेको छ। यसैगरी प्रदेश तर्फ फोरमले ३३ र राजपाले ३१ सिट पाएको छ। उनीहरुले पाएको सिट निम्न बमोजिम छ।

नेपाल-चीन नाकामा अत्याधुनिक निगरानी उपकरण - 2017-10-31
बेइजिङ, कार्तिक १४ चीनले नेपालसँग सीमा जोडिएको तिब्बतको खासामा अत्याधुनिक निरीक्षण उपकरण जडान गरेको छ। चीन–नेपाल सीमा क्षेत्रको तिब्बती, खासा सीमा सुरक्षा जाँचबुझ केन्द्रले वैज्ञानिक प्रविधि नियन्त्रित मानवरहित उपकरण जडान गरेको हो। यसले रातको समयमा पनि अवलोकन गर्न सक्छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865723 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top