पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

अनसन बसेर अदालतलाई प्रभावित गर्न पाइँदैनः रामशरण महत - 2018-01-12
काठमाडौँ पुस २८ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस र अनसनका बलमा न्यायलयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। उनले राजीनामा दिने वा नदिने कुरा प्रधानन्यायधीशको हातमा हुने भन्दै उनीबारे छानबीन गरी तथ्य बाहिर आउनुपर्ने बताए।

पृथ्वीनारायणलाई सम्झँदै ओलीले भने : पुर्खाले लडे, हामीले अडिएमात्र पुग्छ - 2018-01-11
काठमाडौं पुस २७ एमाले अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणका कारण आज नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन्। राष्ट्रिय एकता दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै ओलीले नेपाललाई विभिन्न तत्वहरुले विखण्डन गर्न खोजेपनि यस्ता प्रयासहरु सजिलै परास्त भएको उल्लेख गरेका हुन्।

पार्टीका मन्त्रीहरुलाई राजिनामा दिन प्रचण्डको निर्देशन - 2018-01-11
काठमाडौं पुस २७ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुले मन्त्री परिषदबाट राजिनामा दिने माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महराले बताएका छन्। नेपालखबरसँग कुराकानी गर्दै महराले छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने र मन्त्री परिषदबाट राजिनामा दिने जानकारी दिए।

गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ - 2018-01-09
काठमाडौं पुस २५ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको गिरफ्तारी ‘कानुनको नाममा गरिएको ज्यादती’ भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु गलत भएको लेखेका छन्।

डा. केसीको मुद्दामा बहस शुरु हुँदै - 2018-01-09
काठमाडौं पुस २५ अदालतको मानहानी गरेको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा न्यायाधिश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाइ हुँदैछ।

पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु - 2018-01-08
काठमाडौं पुस २४ ठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा जारी पार्टी एकताबारे आवधारणा तयार पार्ने नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। एमाले अध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको हो।

संघीय संसद्को तयारी अन्तिममा, प्रदेशसभा संसद्को टुंगो छैन - 2018-01-07
काठमाडौँ पुस २३ नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ।

जहाज नउडेपछि प्रचण्ड गाडीबाटै काठमाडौं आउँदै - 2018-01-07
काठमाडौं पुस २३ मौसम खरावीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं प्रस्थान गरेका छन्। भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी चढेर उनी काठमाडौं प्रस्थान गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865756 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top