पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

श्रीमान्–श्रीमती नै चुनावी भिडन्तमा - 2017-11-06
महोत्तरी, कार्तिक २० महोत्तरी क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन्।

वाम गठबन्धन बागीको अलमलमा, कांग्रेस चुनावी प्रचारमा - 2017-11-05
गाईघाट, कार्तिक १९ आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने कांग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

माधव नेपाल र ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटी - 2017-11-05
काठमाडौँ, कार्तिक १९ आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।

किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प - 2017-11-04
एजेन्सी, कार्तिक १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारबाट एसियाका पाँच राष्ट्रको ११ दिने भ्रमण सुरु गर्दैछन्। आफ्नो यात्राको पहिलो बिसौनी जापान पुग्नुअघि उनी सन् १९४१ मा जापानले आक्रमण गरेको हवाइ राज्यको पर्ल हार्बरस्थित युएसस एरिजोना मेमोरियलको भ्रमणका लागि रोकिएका छन्

समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक - 2017-11-04
कार्तिक १८ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ।

बाम गठबन्धनका तर्फबाट प्रभु साहको उम्मेदवारी दर्ता - 2017-11-02
रौतहट, कार्तिक १६ नेकपा माओवादी केन्द्रका संयोजक तथा शहरी विकास मन्त्री प्रभु साहले रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको उम्मेदवगारी दर्ता गराएका छन् । उनले बाम गठबन्धनको रयालीको नेतृत्व गर्दै निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्दै नेपालले भने: रौतहट छाड्ने कठोर निर्णय लिनुपर्‍यो - 2017-11-02
काठमाडौं, कार्तिक १६ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौंबाट चुनाव लड्नको लागि रौतहट छोड्ने कठोर निर्णय लिनुपरेको बताएका छन्। विहिबार निर्वाचन आयोगमा काठमाडौं क्षेत्र नम्बर दुर्इबाट उम्मेद्वारी मनोनयन दर्ता गराउँदै नेपालले काठमाडौंबाट निर्वाचन लड्नको लागि रौतहट छोड्ने कठोर निर्णय लिनुपरेको बताएका हुन्।

ओलीले भनेः प्रधानमन्त्री बन्नका लागि वाम गठबन्धन बनाएको होइन - 2017-11-02
विराटनगर, कार्तिक १६ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुने गरी माओवादी केन्द्रसँग गठबन्धन भन्ने चर्चा गलत भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहस्ँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले र माओवादीबीचको गठबन्धन कुनै आमुक नेतालाई पद दिलाउनका लागि नभएको बताए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865741 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top