पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

रोचक बन्दै धनुषा ३ को चुनावी माहोल, मतदाता आफ्नो पक्षमा तान्न निधि र महतोको होडबाजी - 2017-11-10
धनुषा, कार्तिक २४ निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ। यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ।

जिसस रौतहटको निर्वाचनमा फोरम कांग्रेस गठबन्धन विजयी - 2017-11-10
रौतहट, कार्तिक २४ रौतहटको जिल्ला समन्वयन समितिको निर्वाचन आज शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको प्राङ्गणमा भएको निर्वाचनमा काङ्ग्रेसले सभापति र उपसभापति पदमा फोरमले जित हसिल गरेको छ ।

कांग्रेस नेताको घर नजिकै प्रचण्डको नयाँ डेरा - 2017-11-10
काठमाडौं, कार्तिक २४ झण्डै एक हप्ताको प्रयासपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि नयाँ डेरा भेटिएको छ। कास्कीको लेवाडेबाट चितवन झरेपछि प्रचण्डको बसोबास रहेको शिननगर नजिकै प्रचण्डका लागि नयाँ डेरा भेटिएको हो।

राष्ट्रपति भण्डारीद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी - 2017-11-10
काठमाडौँ, कार्तिक २४ राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश–२०७४ जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम चकित्सा शिक्षा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

रुकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार - 2017-11-10
रुकुम, कार्तिक २४ नेकपा माओवादी केन्द्रका नेता एर्व प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेका गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ।

लडेर घाइते भएपछि नारायणकाजीलाई चुनावी घरदैलोमा सकस - 2017-11-08
गोरखा, कार्तिक २२ गोरखाको सुलिकोट गाउँपालिकाको सौरपानीमा चुनावी घरदैलोका क्रममा रडमा अल्झेर लडेका वाम गठबन्धनबाट गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई चुनावी घरदैलोका कार्यक्रम गर्न गाह्रो भएको छ।

स्थानीय तह निर्वाचनपछि थपिए साढे १३ लाख मतदाता, कुन जिल्लामा कति? - 2017-11-08
काठमाडौं, कार्तिक २२ स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए। निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका छन्।

हरिप्रसाद र सोमप्रसाद: काठमाडौंबाट पाल्पा पुगेपछि छुट्टियो बाटो - 2017-11-08
बुटवल, कार्तिक २२ सोमप्रसाद पाण्डे र हरिप्रसाद नेपाल संविधानसभाको दोस्रो चुनावमा पाल्पा क्षेत्र नम्बर २ र ३ बाट निर्वाचित भए। ४ वर्ष सँगै संसदमा रहे। मंसिर २१ गते हुने प्रतिनिधि सभाको चुनावमा भिड्न फेरि दुवैले आ–आफ्नो पार्टीबाट टिकट पाए। रोचक के भयो भने, राजधानीबाट जिल्ला फर्कने क्रममा विमानस्थलमा सोमप्रसाद र हरिप्रसादको भेट भयो। भैरहवासम्म दुवै जना एउटै जहाजमा सँगै सिटमा बसेर आए। अनि भैरहवाबाट पाल्पा पनि एउटै मोटरमा पुगे। पाल्पा पुगेपछि दुवै फरक–फरक समूहमा सामेल भए। उनीहरूको राजनीतिक बाटो छुट्टियो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865753 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top