पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

जनकपुरलाई प्रदेश-२को राजधानी बनाउन गृहकार्य भइरहेको छ: निधि - 2017-11-20
धनुषा, मंसिर ४ नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश-२ को राजधानी बनाउन नेपाली काँग्रेस भित्र गृहकार्य शुरु भइसकेको बताएका छन्।

निर्वाचित भए विकास के हुन्छ म देखाउछु - मुस्ताक आलम - 2017-11-19
रौतहट, ३ मंसिर मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्व स्वास्थ्य राजय मन्त्री मो. मुस्ताक आलमले आफु निर्वाचित भए रौतहट जिल्लामा विकासको लहर ल्याएर देखाउने बताएका छन् ।

दाहालको दाहसंस्कार ४ बजे - 2017-11-19
काठमाडौं, मंसिर ३ पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रम जारी छ। माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालका अनुसार दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि १ः३० देखि ४ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखेपछि दाहासंस्कारका लागि पुशपती आर्यघाट लगिने छ।

नेपाल सहभागी हुने कार्यक्रमलाई लक्षित गरी ओखलढुंगामा बम विस्फोट - 2017-11-18
मंसिर २ वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी ओखलढुंगामा शनिबार बिहान बम विस्फोट गरिएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार - 2017-11-18
गोरखा, मंसिर २ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ। पौडेलमाथि तनहुँको भानु नगरपालिका १०, कालीमाटीमा बम प्रहार भएको नेपालखबरका संवाददाता प्रशन्न पोखरेलले जानकारी दिएका छन्। बम प्रहारबाट पौडेलको गाडीमा सामान्य क्षति भएको छ।

भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त : २ प्रहरी घाइते - 2017-11-18
भोजपुर, मंसिर २ भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने गाउँमा राखेको टाइम बम हटाउने क्रममा प्रहरीको बम राख्ने गिरोहसँग दोहोरो भिडन्त भएको हो।

कांग्रेसलाई उपेन्द्र यादवको प्रस्ताव,‘समय बाँकी छ, चुनावी तालमेल गरौं’ - 2017-11-17
सप्तरी, मंसिर १ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई समय अझै बाँकी रहेको भन्दै चुनावी तालमेलका लागि आग्रह गरेका छन्। लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताएका हुन्।

दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच सहमति हुन्छः गच्छदार - 2017-11-17
विराटनगर, मंसिर १ उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865742 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top