पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

मधेश सरकारले मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिने - महतो - 2017-11-23
मंसिर ७ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गरेका छन्।

राजपाको घोषणापत्रमा मधेस छुट्टै देश भएको उल्लेख - 2017-11-23
मंसिर ७ राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या सहतिको घोषणापत्र ल्याएको छ ।

चुनावमा टिकट नपाएपछि बाराका महिला नेतृहरु रुष्ट - 2017-11-23
बारा, मंसिर ७ बारमा ठूला दलले चुनावमा महिलालाई टिकट नदिँदा महिला नेतृहरु रुष्ट बनेका छन्। बारामा मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुँदैछ। बाराका चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिँदा महिला नेत्रीहरु रुष्ट बनेका हुन्।

कालीकोटमा प्रधानमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट - 2017-11-23
कालीकोट, मंसिर ७ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न कालिकोट पुगेका छन्। बिहीबार प्रधानमन्त्री देउवा कालीकोटमा नेपाली कांग्रेस कालीकोटले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी हुन कालिकोट पुगेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिएका छन्।

लोकतन्त्रको सवालमा एमालेले कसैसँग एनएस र आइएसओ लिन जरुरी छैनः ओली - 2017-11-22
६ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको सवालमा आफ्नो पार्टीले कसैसँग प्रमाणपत्र लिन जरुरी नभएको बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै ओलीले लोकतन्त्रको लागि लडेरै अधिकार स्थापना गरेको दाबी गरे।

जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए - 2017-11-20
काठमाडौं, मंसिर ४ सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा आयोजित एमालेको सभामा औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन्।

गोरखामा बाबुरामले जित्दा संसदमा काङ्ग्रेस बलियो हुन्छः गगन थापा - 2017-11-20
गोरखा, मंसिर ४ नेपाली कांग्रेसका नेता गगन थापाले गोरखा २ बाट बाबुराम भट्टराईले चुनाव जित्दा संसदमा कांग्रेस बलियो हुने् दावी गरेका छन्। लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेकमा आयोजना गरेको चुनावी सभामा गोराखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईलाई भोट माग्दै नेता थापाले शान्ति, विकास र संमृद्धिका लागि उनलाई भोट दिन आग्रह गरे।

ओलीको गृहजिल्लाबाट विप्लव समूहका ३ जना पक्राउ - 2017-11-20
झापा, मंसिर ४ आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट प्रहरीले विप्लव समूहका तीन जनालाई पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865744 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top