पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

काँग्रेसको पछिल्लो उम्मेदवार सूचीमा राधेश्याम अधिकारीदेखि जितेन्द्र देवसम्म - 2018-01-24
माघ १० नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यमा प्रदेश १, २, ३ बाट थप ६ उम्मेवादर टुंगो लगाएको छ। काँग्रेसको थप उम्मेदवार सूचीमा अधिवक्ता राधेश्याम अधिकारी र जितेन्द्र देव पनि समावेश छन्। यसअघि पनि सांसद भइसकेका अधिकारीलाई काँग्रेसले प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाएको हो।

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा - 2018-01-23
माघ ९ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य - 2018-01-23
काठमाडौं, ९ माघ मधेसी गठबन्धनले वाम गठबन्धनसामू राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको छ । एमाले संसदीय दलको कार्यालयमा मंगलबार एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरुबीच छलफल भएको थियो ।

प्रमुख आयुक्तले भने: ठूला नदी पार गरियो, अब खोल्साखाल्सी बाँकी - 2018-01-23
काठमाडौँ माघ ९ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्। राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा. यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरे।

राष्ट्रियसभामा वाम गठबन्धनसँग तालमेल गर्न मधेशवादी दल सकारात्मक - 2018-01-23
काठमाडौँ माघ ९ वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड - 2018-01-21
काठमाडौं माघ ७ एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

राष्ट्रिय सभाको निर्वाचन परिणाम तीन दिनभित्र - 2018-01-21
काठमाडौं माघ ७ प्रदेश सभाका सदस्यहरुले आज प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेलगत्तै आजदेखि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। निर्वाचन आयोगले २४ माघमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएपछि बढीमा तीन दिनभित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रदेश २ का सांसदहरुले आ-आफ्नै भाषामा लिए शपथ - 2018-01-21
जनकपुर, ७ माघ प्रस्तावित मध्य मधेश प्रदेश अर्थात प्रदेश नम्बर २ का प्राय अधिकांस प्रदेश सांसदहरुले धोती लगाएर सपथग्रहण गरेका छन् । यहाँका संसदहरुले मैथली भोजपुरी, बज्जिका, हिन्दी र नेपाली गरि आ-आफ्ना मातृभाषामा सपथ लिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111043 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top