पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

देशको भलो नचिताउनेहरुले बहुराष्ट्रको नारा दिए: ओली - 2017-12-03
विराटनगर, मंसिर १७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भलो नचिताउने पार्टीहरुले बहुराष्ट्रको नारा दिएको बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उनले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरका यस्ता पार्टीसँग राष्ट्रियस्तरका पार्टीले तालमेल गर्न पुगेको बताए।

कांग्रेसले हार स्वीकार गरिसक्योः माधव नेपाल - 2017-12-03
मंसिर १७ नेकपा एमालेका नेता माधवकुमार नेपालले यो चुनावमा कांग्रेसले हार स्वीकार गरिसकेको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्र्तक्रियामा नेता नेपालले वाम तालमेलपछि कांग्रेसमा भुइँचालो गइसकेको दाबी गरे। ‘कम्युनिष्ट शासन आए रुन पनि पाइँदैन, कम्युनिष्टले अधिनायकवाद ल्याउँछन् भन्नु हार स्वीकार गर्नु हो,’ नेपालले भने।

सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित हुँदैनः प्रधानमन्त्री - 2017-12-01
कैलाली, मंसिर १५ प्रधानमन्त्री शेरबहादुर देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताएका छन्। शुक्रबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापतिसमेत रहेका देउवाले केही अराजक तत्वले निवाएचन भाँड्न यस्ता गविविधि अगाडि बढाएको भन्दै उनले त्यस्ता तत्वलाई कानुपनी कठघरामा उभ्याउने दावी गरे।

हामीले नेपाललार्इ टुक्र्याउन खोजेका छैनौं: ठाकुर - 2017-11-30
महोत्तरी, मंसिर १४ राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशवादी नेताले नेपाललार्इ टुक्रयाउन नखोजेको बताएका छन्। महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका ठाकुरले आज जलेश्वरमा आयोजित एक चुनावीसभालार्इ सम्बोधन गर्दै आफुरुहरुले नेपाललार्इ टुक्र्याउन नखोजेको बताएका हुन्।

मधेशी जनता होसियार, कोठिवला कि समाजवला ? - 2017-11-30
रौतहट, १४ मंसिर । मधेशको नाममा राजनिति गर्ने र मधेशकै जनताको छोरो हुँ भनेर भासन ठोकनेहरु नै मधेशी जनतालाई एतिखेर भोट मागदै झुक्काइ रहेको छन् । न त कुनै विकास नतकुनै प्रगति जातिय राजनितिबाट नेपाली काग्रेसबाट विजयी पूर्व सभासद २०६५ साल फाल्गुन २० गते वेश्या कोठीमा प्रहरीबाट रंगेहात पक्राउ परेका कृष्णा यादव रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु मधेशी जनताको हित हो या होईन् समग्र मधेशले बुझनु जरुरी छ ।

ओलीले रवीन्द्र मिश्रलाई भनेः राजनीति समाचार पढेजस्तो होइन - 2017-11-28
मंसिर १२ नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘नयाँ मान्छेहरु खेल सिक्न’ राजनीतिमा आएकोमा आफूलाई खुसी लागेको बताएका छन्। तर ‘खेल्नु र सिक्नु’ विल्कुल फरक कुरा भएको बानेश्वरमा आयोजित चुनावी सभामा ओलीले बताए।

कांग्रेस न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहन्छ: नवराज सिलवाल - 2017-11-28
मंसिर १२ वाम गठबन्धनका तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले कांग्रेसले न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहेको आरोप लगाएका छन्। लगनखेलमा आयोजित चुनावी सभामा सिलवाल कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्ने बताए।

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेज उमेश यादव, कस्ले मार्ला बाजी? - 2017-11-28
राजविराज, मंसिर १२ सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865736 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top