छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या

रौतहट, ९ माघ


राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।


हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । हत्या गरिएका देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ ।

 देवानको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको प्रहरी ईन्सपेक्टर मुकुन खरेलले रौतहट अनलाईनलाई बताएका छन् । महा सरस्वती पुजाका विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

रौतहट ट्राफिक प्रहरी अन टेष्ट समात्दै - 2017-10-21
रौतहट, ४ कार्तिक गौर सदरमुकाम आसपास देखीएका विना नम्बर प्लेट नयाँ सवारी साधनहरुलाई गौर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । आन्तरिक सुरक्षाको कारण देखाउदै सबै खालका अन टेष्ट १४ ओटा मोटरसाईकलहरुलाई समाती जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

रौतहटका सिडिओ उद्धव थापाको गाडीमा ढुंगा प्रहार - 2017-10-18
रौतहट/०१,कार्तिक/ आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही गोनाही नगरपालिकाका बाढी प्रभावित आक्रोशित भएका छन् । आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव थापा र

डीएसपी नवीकृष्ण भण्डारी अख्तियारको नियन्त्रणमा - 2017-10-15
काठमाडौं, असोज २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु प्रहरी वृत्तका डीएसपी नवीकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ । डीएसपी भण्डारीलाई आज उनको कार्यकक्षबाट नै अख्तियारले नियन्त्रणमा लिएको हो । प्रहरी पोशाकमा रहेका उनलाई नियन्त्रणमा लिई

पत्रकार ठाकुर नगर बिकाश समिति अध्यक्षमा मनोनित - 2017-10-15
रौतहट/२८.असोज/ रौतहट जिल्ला मा बिगत डेढ दशक देखि पत्रकारिता गर्दै आउनु भएका मदन ठाकुर उर्फ धनन्जय ठाकुर गढ़िमाइ नगर बिकाश समिति रौतहटको अध्यक्ष पदमा मनोनित हुनु भएको हो l नेपाल सरकार माननीय मन्त्रि स्तरको मिति २०७४ असोज २७ गतेको

“बालिका सशक्तिकरण .आपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ बालिका दिवस सम्पन्न - 2017-10-11
जितेन्द्र कुमार दाश /गौर/२५,असोज/ अक्टोबर ११ लाई सार्थक बनाउन “बालिका सशक्तिकरण ःआपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ रौतहट जिल्लामा अन्तर्राष्ट्रिय बालिका दिवस भव्यताका साथ गौर नगरपालिकाको सभा कक्षमा मनाईएको छ ।

युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग - 2017-10-11
अभिमनु कुमार पटेल /रौतहट /२४ असोज । युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ । रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार

क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपिडितलाई कमबल वितरण - 2017-10-11
रौतहट २४ असोज । क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपीडित परिवारलाई लाई आज कमबल वितरण गरिएको छ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापा, कृष्ण शृखडा र त्यस्तै होलैण्डमा बस्दै आईरहेकी बर्षा खडकाको बिशेष पहलमा रौतहटका

गौर नगरपालिका वडा कार्यालय ७ आज देखि संचालनमा - 2017-10-06
रौतहट, २० असोज रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वडा नम्बर ०७ सिसवाको कार्यालय आज बाट विधिवत रुपमा संचालनमा आएको छ । नव निर्वा्चित मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुरले सो कार्यालय को एक समारोह बीच उद्घाटन गर्नु हुँदै अब जनताले शास्ती खेप्नु पर्ने दिन को बिस्तारै अन्त्य हुने बताउनु भयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868383 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top