छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या

रौतहट, ९ माघ


राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।


हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । हत्या गरिएका देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ ।

 देवानको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको प्रहरी ईन्सपेक्टर मुकुन खरेलले रौतहट अनलाईनलाई बताएका छन् । महा सरस्वती पुजाका विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

बम बनाउने सामग्रीसहित नेकपाका अञ्चल ब्युरो प्रमुख पौडेलसहित चार पक्राउ - 2017-05-07
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आइतवार नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

एमालेको तर्फबाट उम्मेदवारी बनेकी महिलाले गरिन् आत्महत्या - 2017-05-03
धादिङ, २० बैशाख । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी नेकपा एमाले धादिङकी एक दलित महिला उम्मेदवार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया दलित महिला उम्मेदवार बिना मिजार मृत फेला परेकी हुन्।

एभरेष्ट मदिरा उद्योगमा आगलागी हुँदा करोडौको क्षत्ति - 2017-05-02
रौतहट, बैशाख १९ । रौतहटको दुर्गा भगवती गाँउपालिका वडा नम्बर १ गंगा पिपरामा रहेको एभरेष्ट डिस्टीलरी उद्योगमा आगो लागि लगभग १ कारोड बरारबरको समान जलेर नष्ट भएको छ । डिस्टिलरी उधोगमा आगलागि हुँदा मेसिन, स्प्रिट र अल्कोहल जम्मा गरिएको कोठामा आगो सुरु भएपछि करोडौको क्षति भएको छ ।

एकै सातामा १९ फरार अभियुक्त पक्राउ - 2017-05-02
महोत्तरी, बैशाख १९ । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो।

प्रचण्ड गर्मीका कारण रौतहटका जनजीवण कष्टकर - 2017-04-26
जितेन्द्र कुमार । रौतहट, १३ बैशाख । तीन चार दिनदेखि रौतहट जिल्ला लगायत विभिन्न तराईका जिल्लाहरुमा प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर भएको छ । बढ्दो गर्मीसँगै दिउँसोको समयमा लु चल्न थालेको छ ।अत्याधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने दिउँसोकोे समयमा बजारहरु बन्द हुन थालेका छन् ।

औरैयामा बैमौसमि तरकारी खेती तालिम सम्पन्न - 2017-04-16
रौतहट, २ बैशाख । बेमौसमि तरकारी खेती तालिम आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय रौतहट गौरको सहकार्य र क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालीत तालिमको आज एक कार्यक्रम बिच समापन गरिएको हो ।

बरिष्ठ संचारकर्मि टिबडेवाललाई तस्करको धम्की - 2017-04-13
रौतहट /३० चैत / विगत लामो समय देखि तस्करी कार्यमा संलगन तस्करले प्रभावकारी दैनिकका प्रकाशक प्रविण टिबडेवाललाई जानमार्ने धम्की दिएका छन् । आफुलाई प्रमोद जयसवाल भन्ने तस्करले ९८४५०६२४८१ नम्बरको मोबाइलबाट बुधवार साझ ७ः०५ बजेमा संचारकर्मि टिबडेवाललाई

पर्सामा गोली चल्दा एक महिला गम्भीर घाइते - 2017-04-11
विरगन्ज, चैत २९ । विरगन्ज उपमहानगरपालिका-१७ पिपरामा सोमबार मध्यरातमा गोली प्रहार भएको छ । राति करिब साढे १ बजे गोली चल्दा घरमा सुतिरहेकी २५ वर्षीया निलु पटेल गोली लागेर गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868369 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top