रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
देश

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ



देश   71 पटक पढिएको        

गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित ३ जनालाई शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको टोलीले गरेको अनुगमनका क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गरिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो।

मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाका अनुसार टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त, सुपरभाइजर विनय साह र अर्का एक कर्मचारी पक्राउ परेका छन्।

विराटनगर महानगरका मेयर पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले महेन्द्रचोक छेउ पश्चिम साइडमा बनाईंदै गरेको पक्की नाला गुणस्तरहिन भएको पाएको थियो। सिमेन्टनै नमिसाई वालुवाको जोडाइ गर्दै गरेको भेटिएपछी निर्माणमा संलग्नहरुलाई प्रशासनिक कार्वाहीका लागी सिफारिस गरेलगत्तै उनीहरु पक्राउ परेका हुन्।

महानगरले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुगमनस्थलबाटै पत्राचार गरेको थियो। यसको केही समयमै प्रहरीले निर्माणमा संलग्नहरुलाई पक्राउ गरेको थियो।

महानगरको पत्रमा टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई यथासिघ्र पक्राउ गरी प्रशासनिक कार्वाही गर्न भनिएको छ।

उक्त पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ।

पटक पटक व्यापारिक मार्ग बिस्तार आयोजना महेन्द्रचोक देखी वरगाच्छीको भागमा गुणस्तरहिन काम र हरेक विकासमा ढिलाई भएका कारण पक्राउका लागि सिफारिस गर्नु परेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए। उनले कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोही ठेकेदारलाई नछाड्ने बताए ।





सम्बन्धित शिर्षक समाचारहरु

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ - 2018-06-02

गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित ३ जनालाई शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

कर्मचारीको तलब यथावत - 2018-05-29

काठमाडौं जेठ १५ । सरकारले कर्मचारीको तलबलाई यथावत् राखेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब यथावत रहने जनाएका छन् ।

राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै नेपाली हुन सक्छन्ः मन्त्री पण्डित - 2018-05-29

काठमाडौँ जेठ १५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै सच्चा नेपाली हुन सक्ने बताएका छन्।

पत्रकारको न्यूनतम पारिश्रमिक पुनारावलोकन गर्ने तयारी - 2018-05-28

जेष्ठ १४ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम तलब पुनरावलोकन गर्ने भएको छ । तलब पुनरावलोकनका लागि पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा कार्यदलले गृहकार्य गरिरहेको समितिले जनाएको छ ।

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु - 2018-05-24

काठमाडौँ जेठ १० । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’ - 2018-05-03

काठमाडौं बैशाख २० साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको समितिले प्रहरीका उच्च अधिकृतसहितको संलग्नतामा ‘क्रिमिनिल ग्याङ’मार्फत् सुन तस्करी हुने गरेको निष्कर्ष निकालेको छ।

कुटेर श्रीमतीको हत्या, श्रीमान पक्राउ - 2018-05-02

लहान बैशाख १९ आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।

साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ - 2018-05-02

बैशाख १९ साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

शिक्षक नै जान्छन् शौचालय छाडेर जंगलतिर - 2018-04-29

तेह्रथुम बैशाख १६ खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर खुला दिसामुक्त जिल्ला घोषित तेह्रथुमका दर्जनभन्दा बढी गाउँका शिक्षक शौच गर्न जंगल छिर्ने गरेका छन्।

त्रिशुलीमा बुलेट खस्यो, चालकको मृत्यु - 2018-04-27

धादिङ बैशाख १४ भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट शुक्रबार बिहान त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा बुलेट चालकका ज्यान गएको छ।

नेपाल, भारत र बंगलादेश बस सेवा सञ्चालन, ढाकाबाट दुई यात्रुबस नेपाल आइपुगे - 2018-04-25

काँकडभिट्टा बैशाख १२ नेनेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधबार नेपाल प्रवेश गरेका छन्।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272668 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top