जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान /* - - - Script for Auto Navigation - - - */

देश

कोशिश फाउण्डेशन द्वारा रुपन्देही जिल्लाका ९६ जना सितलहर पीडितलाई राहत बितरण

भैरहवा/०३,माघ /


कोशिश फाउण्डेशनका डा.सरिता यादवको संयोजक्तामा १६ जना टोलिको समूहले रुपन्देही जिल्ला स्थित मायादेवी गाउँपलिका ९६ जना सितलहर पीडित गरिब, वृद्ध वृद्धा तथा बच्चाहरूलाई ९६ वटा कम्बल र हरेकलाई जाडो मौसमको लागी टोपी


राहत स्वरूप प्रदान गरिएको व्यहोरा जानकारी गराईन्छ, ४ ओटा कम्बल शहीद परिवारलाई दिने जिमा कोशिश फाउण्डेसन का सुभाष गुप्तालाई दिएकाछन्। यस कार्यक्रममा सहयोग गर्ने THRD alliance का अग्नि शक्ति यादव तथा स्थानीयवासी लाई यसै विज्ञप्ति मर्फत धन्यवाद गरिन्छ । यसका साथै हाम्रो कार्यक्रम सफल बनाउन सहयोग गर्ने कोशिस फाउन्डेसनका मदन गुप्ता ज्युलाई हृदय देखि कोशिश फाउण्डेशन -भैरहवा समुहले धन्यवाद ज्ञापन गर्दछन ।
हाम्रो कार्यक्रममा राहत स्वरूप सहयोग प्रदान गर्ने RUSA Traders को रोशन गुप्तालाई यहि विज्ञप्तिबाट धन्यवाद दिइन्छ ।
हाम्रो कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्ने सबैलाई यसै विज्ञप्तिबाट धन्यवाद दिइन्छ ।
कोशिश फाउण्डेशन भैरहवाबाट सहभागीहरु :-
डा.मनिस खतिवडा, डा.सरिता यादव, डा.अमित चतुर्वेदि, सुभाष गुप्ता, कौशल मण्डल, मनोज अधिकारी, राजेश यादव, राजीव साह, प्रसान्त महतो, अनुराग सुक्ला, अर्जुन साह, स्मिता साह, अनिल मण्डल, सन्झना प्रजापती, रुपेश साह र अन्जली गामी ।
कोशिश फाउण्डेशन एक गैर सरकारी,गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो।
धन्यवाद
कोशिश फाउण्डेशन भैरहवा
नोट: यो प्रेस विज्ञप्ति कोशिश फाउण्डेशन - भैरहवाका संस्थापक सुभाष गुप्ता द्वारा जारी गरिएका हुन्।

पुनर्निर्माणसम्बन्धी समस्या भएमा पैसा नलाग्ने सेवा उपयोग गर्नुस् - 2017-06-01
काठमाडौं, जेठ १८ निजी आवाससम्बन्धी कुनै गुनासो छ? पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ? त्यसो हो भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्नुस्। बुधबारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो सेवा सुरु गरेको छ। अब भूकम्पपीडितलाई आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिए तथा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन्।

सबै भन्दा बढी नगरपालिका रौतहटमा,यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित) - 2017-05-24
१० जेठ, काठमाडौं । सरकारले विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय त गर्‍यो । तर, स्थानीय तहको चुनाव हुन २० दिन बाँकी छँदा पनि नयाँ स्थानीय तहबारे सबै बेखबर

जनकपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने १२ पक्राऊ - 2017-05-21
जनकपुर, जेठ ७ कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ। संविधान संशोधन नगरी चुनावमा गएको भन्दै कालो झण्डा देखाउने १२ युवालाई प्रहरीले पक्राऊ गरेको समाचार छ।

पहिलो महिला मेयर बनिन कान्तिका - 2017-05-18
जुम्ला, जेठ ४ चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छन्। चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाममा सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन्।

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका परिवारलाई राहतस्वरुप १० लाख प्रदान - 2017-05-17
सप्तरी, जेठ ३ नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ ।

काठमाडौंमा महानगर मेयरको ९५ मत बदर - 2017-05-16
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा आठ सय ६४ मत गणना गर्दा मेयर पदको ९५ मत बदर भएको छ । कांग्रेसका उम्मेद्वार राजुराज जोशी अझै तेस्रो स्थानमा छन् । यो दिउँसो ११.५५ सम्मको तथ्यांक हो । एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले २ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा साझाका किसोर थापाले १ सय ६९ र विवेकशिलका १ सय २० मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिका – २ मा काँग्रेसको प्यानलै विजयी - 2017-05-16
पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ। काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन्।

दोलखामा सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु - 2017-05-14
दोलखा, ३१ बैशाख । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868399 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top