जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

लखनउ पुगेर ज्ञानेन्द्रले भेटे मुख्यमन्त्री आदित्यनाथ - 2018-01-08
काठमाडौं पुस २४ व्यापारिक तथा धार्मिक प्रयोजनका लागि भन्दै उत्तर प्रदेशको लखनउ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्। मध्य तथा सुदूर पश्चिम क्षेत्रको भ्रमणका लागि उनी गत पुष १३ देखि नै नेपालगञ्जमा बस्दै आएका थिए। नेपालगञ्जबाटै शाह गोरखपुर पुगेका हुन्। यसअघि शाहनिकट स्रोतले उनी मर्यादाका कारण योगी आदित्यनाथलाई आफैँ भेट्न नजाने तर योगी भेट्न आए भेट्ने जनाएको थियो।

डोटीमा प्रदेश-७को राजधानी माग गर्दै ४ दिनदेखि आमहड्ताल - 2018-01-07
डोटी पुस २२ डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ। आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन्।

केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार - 2018-01-04
पुस २० केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार गरिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताएकी छन्। बिहीबार स्वराजले ट्विटरमार्फत् मानव तस्करी गर्ने संगठित अपराधी समूहको कैदबाट ती युवतीलाई छुटाइएको बताएकी हुन्।

२५ हजार घुससहित विद्युत प्राधिकरणका सुपरभाइजर पक्राउ - 2018-01-01
काभ्रे, पुस १७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । काभ्रेको पाँच लाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।

आङ सान सुची विदेशमन्त्री बनेसँगै बन्यो म्यानमार–नेपाल मैत्रीसंघ - 2017-12-27
काठमाडौं पुस १२ एउटा सुखद संयोग! आमा खिन यी नेपालका लागि बर्मा (म्यानमार) को राजदूत हुँदा किशोरकालमा सन् १९६० को दशकमा र पति एरिससँग विहे गरेपछि ’७० को दशकमा नेपाल आएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी बर्माको विदेश मन्त्रीको जिम्मेवारीमा रहेको बेला ‘म्यानमार–नेपाल मित्रमण्डल’ को गठन भएको छ। रङ्गुनस्थित नेपाली राजदूतावासले म्यानमारको विदेश मन्त्रालयको परामर्शमा यो संस्थाको गठन भएको जानकारी दिएको छ।

क्लिङ्कर आयातबारे नेपाल र भारतबीच उच्चस्तरिय छलफल हुँदै - 2017-12-27
१२ पुस क्लिङ्कर आयातमा देखिएको समस्या समाधानका लागि आज वीरगन्जमा त्रिपक्षीय छलफल भएको छ। नेपालका लागि आयात हुने क्लिङ्कर रक्सौल रेलवेयार्डमा अनलोड गर्न भारत सरकारले रोक लगाएपछि उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यपारीबीच त्रिपक्षीय छलफल भएको हो।

२२ वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने - 2017-12-25
काठमाडौँ १० पुस आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो ।

जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान - 2017-12-22
पुस ७ जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने अमेरिकी प्रस्तावको विरुद्धमा नेपालले मतदान गरेको छ। आफ्नो प्रस्तावको विपक्षमा मत दिए सहयोग रोक्का गर्ने अमेरिकाको चेतावनीका वावजुद नेपालले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113906 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top