रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल



समाज   689 पटक पढिएको   जितेन्द्र कुमार दास     

रौतहट, जेष्ठ ९ । वर्तमान नेपालको संविधान बमोजिम स्थापना भएका रौतहट जिल्लाका १८ वटा स्थानीय तहले आआफ्नो गाउँपालिका वा नगरपालिकामा उत्कृष्ट एवं अनुकरणीय ढंगले सुशासन र सूचनाको हक प्रवद्र्धन गर्नुपर्छ भने रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबीन्द रिजालले बताउनु भएका छन् ।

हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल


मुलुकमा लोकतन्त्र आए पनि जनताले यसको अनुभूति गर्न सकेनन् । राज्यप्रणाली जनताप्रति उत्तरदायी, जवाफदेही र पारदर्शी भएन । मुलुकमा विधिको शासनले बढावा पाएन । जसका कारण भ्रष्टाचार बढ्यो । बेथिति र विकृति झाँगिने र मौलाउने अवस्था आयो । यसको समूल नष्ट गर्न स्थानीय तहको निर्वाचन हुनुप¥यो र जनताबाट निर्वा्चित जनप्रतिनिधिमार्फत सुशासन र सूचनाको हकको प्रवद्र्धन हुनुप¥यो भनी करिब दुई दशकदेखि उठेका जनआवाज सम्बोधन गर्ने उपयुक्त समय आएको छ ।

सबै स्थानीय तहले आआफ्नो निकायबाट सम्पादन गर्ने सबै सेवाको विवरणसहितको नागरिक बडापत्र जारी गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी धर्मनाथ जोशीले बताउनु भएको छ । यस्तो नागरिक बडापत्रमा क्षतिपूर्तिसमेतको व्यवस्था गर्नुपर्छ । कुन सेवा हासिल गर्न सेवाग्राहीले केके कागजात जुटाउनुपर्छ ? कति दस्तुर तिर्नुपर्छ ? सेवा प्राप्तिका लागि कति समय पर्खिनुपर्छ ? सेवा दिने जिम्मेवार पदाधिकारी को हो ? नगरपालिका वा गाउँपालिकाको बडापत्रमा प्रतिबद्धता व्यक्त गरिएका सेवा नपाए कहाँ उजुरी गर्नुपर्छ र कसरी क्षतिपूर्ति पाइन्छ भन्ने विस्तृत विवरणसहितको नागरिक बडापत्र जारी गर्नुपर्छ । यस्तो बडापत्र सबै वडा कार्यालय परिसर र मुख्यमुख्य स्थानमा होर्डिङ बोर्डमा टाँस गर्नुपर्छ । यस्तो नागरिक बडापत्रका सम्बन्धमा स्थानीय तहले सञ्चालन गर्ने एफएम रेडियोबाट प्रचारप्रसार गर्नुपर्छ । स्थान अनुसार यी कुराको माइकिङद्वारा पनि प्रचारप्रसार गर्नुपर्छ प्रमुख जिल्ला अधिकारी रिजालले रौतहट अनलाईनलाई बताउनु भयो ।

स्थानीय तहले सुशासन ऐन, २०६४ को पालना गर्नुपर्छ । जसअनुसार कुनै पनि काम गर्दा निश्चित कार्य्विधि अवलम्बन गर्नुपर्छ । पारदर्शिता कायम गर्दै निर्णय गर्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँग परामर्श गर्नुपर्छ । स्थानीय तहले आफ्नो जिम्मेवारीको काम पन्छाउनु हुँदैन । यी निकायमा कार्यरत पदाधिकारी र कर्मचारी दुवैले पदीय आचरण पालना गरी उत्तरदायित्व निर्वाह गर्नुपर्छ । यस अतिरिक्त जनताको घरदैलो सेवाका लागि घुम्ती सेवा सञ्चालन गर्नुपर्छ । सेवा शुल्क तोक्दा न्यायोचित हुने गरी तोक्नुपर्छ । सम्भव भएसम्मका काममा जनताको सहभागिता र स्वामित्व खोज्नुपर्छ । सार्वजनिक सुनुवाइ गर्नुपर्छ । गुनासो व्यवस्थापन गर्नुपर्छ । अरूको अधिकारमा हस्तक्षेप गर्नु हुँदैन । सूचना प्रविधिलाई व्यवहारमा उतार्नुपर्छ । आफूले सम्पादन गरेको कामको प्रगति प्रतिवेदन तयार गर्नुपर्छ ।

प्रत्येक स्थानीय तहले कर्मचारीलाई कामको बाँडफाँट गर्नुपर्छ र कार्य सम्पादन करार गर्नुपर्छ । उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ । सामाजिक परीक्षणलगायतका सुशासनका औजारको उपयोग गर्नुपर्छ । विद्युतीय माध्यमबाट सेवा प्रवाहको प्रयास गर्नुपर्छ । आफ्नो निकायको वेबसाइट निर्माण गरी आम जनतालाई आवश्यक पर्ने सूचना वेबसाइटमा अद्यावधिक गर्नुपर्छ ।

नागरिकसँग रायसुझाव लिने र सदाचार अभिवृद्धि गर्ने ध्येयले काम गर्नुपर्छ । स्थानीय तहले उठाउने सम्पत्ति कर, विज्ञापन कर, सवारीसाधन कर र मनोरञ्जन करको दररेट, बुझाउनुपर्ने समय सीमा, कर बुझाउने स्थान र सुविधाबारे सरोकारवाला जनतालाई पूर्वसूचित गर्नुपर्छ । यसैगरी, स्थानीय तहले उठाउने सेवा शुल्क, पर्यटन शुल्क, सिफारिस दस्तुर, दण्ड जरिवाना, सवारीसाधन अनुमति दस्तुर, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, इजाजत तथा नवीकरण दस्तुरको पारदर्शिता अवलम्बन गरी आम जनताको विश्वास जित्नुपर्छ र भरोसा आर्जन गर्नुपर्छ ।सूचनाको हकका सम्बन्धमा नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हकको प्रत्याभूति गरिएको छ । यसको पूर्ण उपयोगमा आम जनतामा प्रेरणा जागृत गराउनु स्थानीय तहको दायित्व हो ।

यसैगरी, सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको पहुँचलाई सुनिश्चित गरेको छ । यस अनुसार १८ वटा स्थानीय निकाय पनि सार्वजनिक निकाय भएकाले यिनीहरूले आम जनतामा सूचना प्रवाहको विशेष र अनुकरणीय पहिचान बनाउन जरुरी देखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुस भयो ।

सबै स्थानिय तहले Free Wi-Fi Zone सेवा संचालन गरेमा सेवा प्रवाह सरल र सहज हुने भने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।





सम्बन्धित शिर्षक समाचारहरु

हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल - 2018-05-23

रौतहट, जेष्ठ ९ । वर्तमान नेपालको संविधान बमोजिम स्थापना भएका रौतहट जिल्लाका १८ वटा स्थानीय तहले आआफ्नो गाउँपालिका वा नगरपालिकामा उत्कृष्ट एवं अनुकरणीय ढंगले सुशासन र सूचनाको हक प्रवद्र्धन गर्नुपर्छ भने रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबीन्द रिजालले बताउनु भएका छन् ।

यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा - 2018-05-21

रौतहट, जेठ ७ । रौतहट जिल्लाकोे यमुनामाई गाउँपालिका कार्यालयमा कार्यरत्त नायब सुब्बा टिका भण्डारी आज देखि आन्दोलनमा उत्रेका छन् ।

मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना - 2018-05-18

पोखरिया, जेष्ठ ४ । पर्सामा दुई दलित परिवारका बालबालिकाहरुलाई विद्यालय भर्ना गराईएको छ । पर्साको पोखरिया नगरपालिका वडा नं. ४ बस्ने मदन डुम र चोकट डुमका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइएको हो ।

मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा - 2018-05-18

रौतहट, ४ जेठ । आज भन्दा करिब ५० वर्ष अगाडी भएको बाग्मती नदीको कटानी पछि दैविक प्रकोप उद्धार समिति रौतहटले उपलब्ध गराएको जग्गामा बसोवास गर्दै आएके मत्सरीवासी अहिले सम्म लालपुर्जा विहिन छन् ।

रौतहटमा पत्रकार अचारसंहिता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न - 2018-05-17

रौतहट, जेठ ३ । रौतहटको गौर नगरपालिका स्थित सिया प्यालेसमा ‘पत्रकार अचारसंहिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सील नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजनमा प्रदेशस्तरीय छलफल भएको हो ।

दुर्गा भगवती गाउँपालिकामा खानेपानी टयांकीको शिलान्यास - 2018-05-14

रौतहट, बैशाख ३१ रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ मा मा खानेपानी टयाँकी तथा पर्खालको शिलान्यास भएको छ । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले एक कार्यक्रम बीच शिलान्यास गर्नु भएको छ ।

माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकता - 2018-05-13

रौतहट, ३० बैशाख रौतहटको माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकताका साथ अघि बढाइएको छ ।

रौतहटका अपाङ्गलाई सहायक सामग्री बितरण - 2018-05-13

रौतहट, ३० बैशाख रौतहटको चन्द्रपुर–५ मा आज अपाङ्गता भएका ब्यक्ति लाई सहायक सामग्री बितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग बाल सहायता केन्द्र काठमाण्डौको आयोजनामा रौतहट बिभिन्न तीन जना लाई ट्राईसाईकल, दश जना लाई बैशाखी १० जना लाई वाईट क्यान र ८ जना लाई स्टीक बितरण गरिएको छ ।

एक जुट भएर ईशनाथ नगरपालिकाको बिकाशमा जुट्ने कार्यपालिका सदस्यहरुको जोड - 2018-05-11

रमेश ठाकुर / रौतहट, २७ बैशाख/ रौतहटको ईशनाथ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बिच देखिएको विवाद अहिले साम्य भएको छ । विभिन्न शिर्षकको रकममा अनियमितता भएको भन्दै सुरु भएको विवाद कार्यपालिकाको बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत

दुर्गा भगवती गाउँपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा - 2018-05-09

जितेन्द्र कुमार । रौतहट, बैशाख २६ रौतहट जिल्ला १८ स्थानिय मध्ये तेस्रोमा आज दुर्गा भगवती गाउँपालिकालाई भब्यताका साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

मोवाइल दिन्छु भन्दै फकाएर बलत्कार - 2018-05-07

रौतहट २३ बैसाख// एकजना किशोरीलाइ फकाएर बलत्कार गरेको आरोपमा रौतहटको चन्द्रपुरबाट दुइजना युवक पक्राउ परेका छन । चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्य समान किनिदिने भन्दै फकाएर पार्क भित्र जवरजस्ति सिन्धुली जिल्ला


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188931 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top