नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

राहत ठुला बडा तथा दलका नेता निकटलाइ मात्र - 2017-08-26
रौतहट, १० भदौ रौतहटका बाढी पिडितको यकिन डाटा नहुँदा राहत बास्तबिक पिडितको पहुँच भन्दा बाहिर हुन् पुगेको छ l जिल्ला दैबी प्रकोप उद्धार समिति रौतहट प्रमुख जिल्ला अधिकारि उद्धव थापाको कारण निष्क्रिय बन्न पुगेको बेला राहत बितरण छाडा भएको छ l

शनिवार १ दिेन निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुने - 2017-08-25
रौतहट, भदौ ९ रौतहट जिल्लाको राजदेवी नगरपालिकामा रहेको नेमधारी बासुदेव बिधालय मुडबल्वामा बिरगंज नारायणी अस्पतालका बरिस्ठ डाक्टरहरु द्वरा १ दिने नि:शुल्क स्वास्थ्य शिविर भोली अर्थात सनिवार १० बजेदेखि हुन गईरहेकोछ।

बाँलीवुडकी चर्चित मनिसा कोईराला रौतहट बाढी पिडित महिलाहरुको माझमा - 2017-08-22
रौतहट, भदौ ६ बाँलीबुडकी चर्चित अभिनेत्री तथा यूएनएफपिएका ब्राऩ्ड एम्बेशडर मनिसा कोईराला आज रौतहट बाडि पिडित सुत्केरी महिला, कवर्ती महिला तथा एकल महिलाहरुलाई मर्यादा सामाग्री वितरण गरेकि छिन ।

Heads Nepal को सहयोगमा दलित बस्तीका बाढी पिडितहरुलाई राहत वितरण - 2017-08-21
रौतहट, भदौ ५ रौतहट जिल्लामा आएको अविरल वर्षा र भिषण बाढीबाट प्रभावित जिल्ला अन्तर्गतका नगरपालिका र गाउँपालीकामा घर डुबानमा परि नष्ट भएको घर परिवारलाई Heads Nepal को आयोजना र SoD Nepal को सहयोग तथा समुदायिक शक्तिको सक्रियतामा रौतहट बाढि पिडितहरुलाई राहत वितरण गरिएको छ ।

पिडीतको साथी यूनिसेफ - 2017-08-20
रौतहट, भदौ ४ रौतहटको बाढि पिडितलाई सहयोग हेतु यूनिसेफको सहयोग तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहजीकरणमा राहत वितरण गरिएको छ ।

करोडौको पुस्तक बाढीले लग्यो, अधिकांश विधालय अझै डुवानमा - 2017-08-18
रौतहट,२ भदौ अविरल बाढिले गर्दा रौतहट जिल्ला डुबानमा परेको बेला जिल्ला स्थित सदरमुकाम गौरमा अवस्थित ज्योति पुस्कत, दिलिप पुस्तक पसल, अनिल स्टेशनरी, अशोक स्टेसनरी लगायत स्टेशनरी पसलका करौडौ बरावरका पुस्तक बाडीले बगाएको छ ।

रौतहट बचत बन्यो बाढी पिडितको साथी - 2017-08-18
रौतहट,२ भदौ रौतहटको बाढि पिडितलाई सहयोग हेतु रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रपुरले खाध्यान समाग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

युएनएफपीए को सहयोगमा रौतहटका बाढी प्रभावित महिलालाइ मर्यादा सामग्री बितरण - 2017-08-18
गौर /०२,भदौ / बाढीको कारण पिडित रौतहटका महिला हरुलाइ युएनएफपीएले मर्यादा सामग्री (डिजनिटि किट ) बितरण गर्न शुरु गरेको हो l त्यसै क्रममा आज महिला तथा बालबालिका कार्यालयले गौर नगरपालिका साबिक वडा नम्बर ४ महादेब्पट्टिका ७७ जना बाढी पिडित महिलालाइ सो

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920359 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top