नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

७२ घण्टाका लागि नेपाल–भारत सिमा बन्द - 2017-09-16
रौतहट ,भदौ ३१ प्रदेश नं. २ मा असोज २ गते हुनलागेको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दौ आज शनिवार देखि सोमवार सम्म ७२ घण्टाका लागि नेपाल भारत सिमा बन्द गरिएका्े छ ।

महिला तथा बालबालिका कार्यालय रौतहटका प्रमुख नेउपाने पुरस्कृत - 2017-09-05
काठमाडौं ।२०,भदौ l महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पु¥याएको भन्दै महिला तथा बालबालिका कार्यालय रौतहटका महिला विकास अधिकृत सावित्रा न्यौपाने

महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रेस संयोजकमा शुसिला केसी (आस्था) - 2017-09-01
काठमान्डू /१६ भदौ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा खनाल कोइरालाको प्रेस संयोजकमा सुशिला केसि आस्था नियुक्ति हुनु भएको छ । प्रेस सेन्टरका केन्द्रिय सचिव एवं थाहा खबर अनलाईनका सह संम्पादक समेत रहनु भएका केसीलाई मन्त्री कोईरालाले प्रेस

विश्व खाद्य कार्यक्रमलाई बदनाम गराउदै रेडक्रस - 2017-08-28
जितेन्द्र कुमार । रौतहट, भदौ ११ रौतहट जिल्लामा आएको विनाशकारी बाढिबाट प्रभावित बनेकाहरुको सहयोगार्थ रेडक्रस सोसाईटि रौतहटको सहकार्यमा काम गरिरहेको विश्व खाद्य कार्यक्रम बदनामीको संघारमा पुग्न थालेको छ । विश्व खाद्य कार्यक्रमले

माधव नेपाल अगाडि अगाडि, रेडक्रसको राहत पछाडि पछाडि - 2017-08-28
जितेन्द्र कुमार । रौतहट, भदौ ११ रौतहट जिल्लाले कहिल्यै भोग्नु नपरेको पिडा रौतहटबासीले झेलि रहेको बेला पिडामा मलहम लगाउनु त कहा कहा, नेपाल रेडक्रस सोसाईटीले पिडितको पिडामाथी झन खुर्सानी दल्ने कार्य गरिरहेको स्थानियले आरोप लगाएका छन् । बाढि पिडितको

सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक - 2017-08-28
जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल

प्रयास आर्गनाइजेशन भरतपुरद्धारा निःशुल्क शिविर - 2017-08-27
रौतहट, भदौ ११ बाढी पिडितहरुकालागि प्रयास आर्गनाइजेशन भरतपुरले रौतहटको दुर्गाभगवती गाउूपालिकामा दुइ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन ।

रेडक्रसका भ्रष्ट पदाधिकारीको राजिनामा गर भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ - 2017-08-27
जितेन्द्र कुमार । रौतहट, भदौ ११ रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ०१ साविक गाविस भलोहियाका बास्तबिक पिडितको पहुँच राहतमा पुग्न नसकेको कारण आज जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920344 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top