नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

सहजीकरण गर्ने गैर सरकारी निकाय को अभावका कारण गौर नगरपालिका खुला दिशामुक्त हुन् सकेन - 2018-01-31
गौर/ १७,माघ / गौर नगरपालिकामा खुल्ला दिशामुक्त अभियान अन्तर्गत सहजीकरण गर्ने गैर सरकारी निकाय नहुदा खुल्ला दिशामुक्त अभियान प्रभावित भएको छ l गौर नगरपालिका कार्यालय आफैले एक्लै लागेका कारण प्रतिफल चाहे जस्तोहुन नसकेको गौर

सिम्रौनगढ नगरपालिका ८ कचोर्वाको वडा भेला सम्पन्न - 2018-01-31
बारा /१७,माघ/ सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाको वडा भेला बुधबार सम्पन्न भएको छ । भेलाले ७० लाख बराबरको वातावरण, शिक्षा, सञ्चार, सामाजिक एवम् सांस्कृतिक योजना र कार्यक्रम सहित भौतिक निर्माण, खानेपानी कार्यक्रमलाई प्राथमिकता

गौर नगरपालिका वडा नम्बर ०४ पुनः एक कार्यक्रम बीच उद्घाटन - 2018-01-31
रौतहट/१७, माघ / रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वार्ड नं. ४ को वडा कार्यालय आज पुनः उद्घाटन भएको छ l यस अघि वडा अध्यक्ष भुब्नेश्वोर शाही आफैले आफ्नो घरमा वडा कार्यालय उद्घाटन गरेता पनि नगरपालिका कार्यालय ले त्यसलाई आधिकारिकता

जनप्रतिनिधिको अगाडि मौलापुर मालपोतमा व्यापक भ्रष्टाचार - 2018-01-31
संजय मिश्रा । रौतहट, माघ १७ संसदीय निर्वाचन ३ अर्थात विकासे पुर्वमन्त्री प्रभु साहको गाउँ मौलापुर नगरपालिका स्थित मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भैई रहेकोे छ ।

वडा कार्यालयमा छैन् शौचालय - 2018-01-30
रौतहट १६ माघ रौतहटको मौलापुर नगरपालिका वडा नं. ८ र ९ को वडा कार्यालय शौचालय बिहिन रहेको छ । २०७४ फाल्गुन मसान्त सम्म नगरपालिका घोषणा गर्ने प्रतिवद्धता नगरपालिकाले जनाएपनि वडा कार्यालयमै शौचालय नहुदा ति वडामा अभियान तिब्र गतिमा अगाडि बढन नसकेको अवस्था रहेको छ ।

फाल्गुन मसान्त भित्र मौलापुर नगरपालिका खुल्ला दिशामुक्त घोषण हुने - 2018-01-30
रौतहट १६ माघ । रौतहट जिल्लाको मौलापुर नगरपालिका २०७४ फाल्गुन मसान्त भित्र खुल्ला दिशामुक्त हुने नगर प्रमुख रिना देवी साहले बताउनु भएको छ ।

सुुन चाँदी ब्यवशाई संघका केन्द्रिय उपाध्यक्ष साह सम्मानित - 2018-01-30
संजय मिश्रा । रौतहट १६ माघ नेपाल सुुन चाँदी ब्यवशाई महासंघका केन्द्रिय उपाध्यक्ष रामजी साह सम्मानित हुुनुु भएको छ । चन्द्रनिगाहपुर स्थित सुुनचाँदी ब्यपशाई संघको जिल्ला अधिवेशन पश्चात एक समारोह बिच साहलाई संघका केन्द्रिय अध्यक्ष मोहन कुुमार सुुनुुवारले फुुलमाला लगाई दोशाला ओढाएर सम्मान गरेका थिए ।

आरडिसी नेपालको निस्क्रीयताका कारण खुल्ला दिसामुक्त अभियान प्रभावित - 2018-01-29
रौतहट, १५ माघ खुल्ला दिशामुक्त अभियानमा काम गर्ने संस्थाको निस्क्रीयताका कारण रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ हथियाहीमा खुल्ला दिसामुक्त अभियान प्रभावित भएको छ । काम गर्ने संस्थाले निर्वाचित जनप्रतिनिधिलाई अभियान बारे

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920354 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top