नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

“बालिका सशक्तिकरण .आपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ बालिका दिवस सम्पन्न - 2017-10-11
जितेन्द्र कुमार दाश /गौर/२५,असोज/ अक्टोबर ११ लाई सार्थक बनाउन “बालिका सशक्तिकरण ःआपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ रौतहट जिल्लामा अन्तर्राष्ट्रिय बालिका दिवस भव्यताका साथ गौर नगरपालिकाको सभा कक्षमा मनाईएको छ ।

युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग - 2017-10-11
अभिमनु कुमार पटेल /रौतहट /२४ असोज । युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ । रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार

क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपिडितलाई कमबल वितरण - 2017-10-11
रौतहट २४ असोज । क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपीडित परिवारलाई लाई आज कमबल वितरण गरिएको छ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापा, कृष्ण शृखडा र त्यस्तै होलैण्डमा बस्दै आईरहेकी बर्षा खडकाको बिशेष पहलमा रौतहटका

गौर नगरपालिका वडा कार्यालय ७ आज देखि संचालनमा - 2017-10-06
रौतहट, २० असोज रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वडा नम्बर ०७ सिसवाको कार्यालय आज बाट विधिवत रुपमा संचालनमा आएको छ । नव निर्वा्चित मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुरले सो कार्यालय को एक समारोह बीच उद्घाटन गर्नु हुँदै अब जनताले शास्ती खेप्नु पर्ने दिन को बिस्तारै अन्त्य हुने बताउनु भयो ।

नदी मा डुबेर दुइ बालिका को मृत्यु - 2017-10-05
राकेश कुमार /गंगापिप्रा / १९, असोज । रौतहट जिल्ला दुर्गा भगबती गाउँ पालिका वडा नम्बर ०२ साबिक गाबिस भलोहियामा नदीमा डुबेर बिहिबार दुइ नाबालिका को मृत्यु भएको छ ।दुर्गा भगवाती गाऊ पालिका वार्ड नं २.भलोहिया निवाशी देवनारायण दास को ८ बर्षीय छोरी ममता कुमारी दास

गौर नगरपालिका वडा नम्बर ५ को कार्यालय बिहिबार देखि बिधिबत रूपमा संचालनमा - 2017-10-05
गौर/१८, अशोज / रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वडा नम्बर ०५ को कार्यालय आज बाट विधिवत रुपमा संचालन मा आएको हो l नव निर्वाचित मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुरले सो कार्यालय को एक समारोह बीच उद्घाटन गर्नु हुँदै अब जनता

गौर नगरपालिकाका वडा प्रमुख तस्करी मै व्यस्त - 2017-10-05
जितेन्द्र कुमार दाश / गौर/१८,असोज / गौर नगरपालिका वडा नम्बर ०१ का अध्यक्ष भरत साह तस्करी मै व्यस्त रहेको स्थानीय को आरोप रहेको छ l नव निर्बाचित जान प्रतिनिधि ले केहि गर्लान भनेर बर्षौं देखि आशमा बसेका जनता निराश हुन् थालेका छन् l नेपाल लोकतान्त्रिक

१२ लाख बराबरको लागूऔषधसहित एक भारतीय पक्राउ - 2017-10-04
असोज १८ १२ लाख रुपैयाँ बराबरको लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । भारतको बिहार, रक्सौल–११ का ८२ वर्षीय विजयकुमार कपुरलाई मकवानपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920351 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top