नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

सिडिओ थापा कारण पत्रकार पटेल कुटिए, दोसीलाई कारवाहीको माग - 2017-11-02
रौतहट, १६ कार्तिक । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष पत्रकार अभिमनु पटेलमाथि जिल्ला प्रशासन कार्यालय रौतहटमा दुरव्यवहार तथा कुटपिट गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाटका सेक्सन मो.आबिद अंसारीले पत्रकार पटेल माथि दुव्र्यवहार तथा हातपात गरिएको थियो ।

त्रिशुली बस दुर्घटनाको सम्झनामा दिप प्रज्वलन - 2017-10-31
रौतहट, १२ कार्तिक । राजविराजबाट काठमाडौं जादै गरेका यात्रुवाहक बस अनियन्त्रित भई त्रिशूली खोलामा खस्दा मृत्यु भएका आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरिएको छ । त्रिशुली दुर्घटनामा सप्तरीका जिल्लाका ३१ भन्दा बढी यात्रुको ज्यान गएको थियो भने, कतिपय कम्भिर घाईते समेत भएको छ । सप्तरीको तिलाठी गाउँको एकै परिवारको ८ जनाको ज्यान गएको थियो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न - 2017-10-31
जितेन्द्र कुमार । रौतहट, कार्तिक १४ रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा आज जेष्ठ नागरिक सम्मान कार्यक्रम भवयताका साथ सम्पन्न भएका छन् । प्रमुख जिल्ला अधिकारी उद्धव थापाको अध्यक्षता तथा दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का अध्यक्ष डिके झाको विशेष पहलमा कार्यक्रम सम्पन्न भएका छन् ।

दाजु बहिनीको प्रेमको प्रतीक समा चकेवा सुरु - 2017-10-30
रौतहट, कार्तिक १३ रौतहट जिल्ला लगायत तराईका विभिन्न जिल्लाहरुमा दाजु बहिनीको प्रेमको प्रतीकको रुपमा रहेकोे मौलिक पर्व समा चकेवाको रौनक सुरु भईसकेको छ । अहिले गाउँ गाउँमा किशोरीहरु समूहरसमूह बनाएर समाचकेवा खेल्न थालेका छन् । उनीहरुले गोर्बधन पूजा देखि समाचकेवा खेल्न थालेका हुन् ।

रौतहट ट्राफिक प्रहरी अन टेष्ट समात्दै - 2017-10-21
रौतहट, ४ कार्तिक गौर सदरमुकाम आसपास देखीएका विना नम्बर प्लेट नयाँ सवारी साधनहरुलाई गौर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । आन्तरिक सुरक्षाको कारण देखाउदै सबै खालका अन टेष्ट १४ ओटा मोटरसाईकलहरुलाई समाती जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

रौतहटका सिडिओ उद्धव थापाको गाडीमा ढुंगा प्रहार - 2017-10-18
रौतहट/०१,कार्तिक/ आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही गोनाही नगरपालिकाका बाढी प्रभावित आक्रोशित भएका छन् । आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव थापा र

डीएसपी नवीकृष्ण भण्डारी अख्तियारको नियन्त्रणमा - 2017-10-15
काठमाडौं, असोज २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु प्रहरी वृत्तका डीएसपी नवीकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ । डीएसपी भण्डारीलाई आज उनको कार्यकक्षबाट नै अख्तियारले नियन्त्रणमा लिएको हो । प्रहरी पोशाकमा रहेका उनलाई नियन्त्रणमा लिई

पत्रकार ठाकुर नगर बिकाश समिति अध्यक्षमा मनोनित - 2017-10-15
रौतहट/२८.असोज/ रौतहट जिल्ला मा बिगत डेढ दशक देखि पत्रकारिता गर्दै आउनु भएका मदन ठाकुर उर्फ धनन्जय ठाकुर गढ़िमाइ नगर बिकाश समिति रौतहटको अध्यक्ष पदमा मनोनित हुनु भएको हो l नेपाल सरकार माननीय मन्त्रि स्तरको मिति २०७४ असोज २७ गतेको

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920342 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top