नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

गौर नगरपालिका वडा कार्यालय ३ स्थापना - 2017-11-16
रौतहट, कार्तिक ३० रौतहटको गौर नगरपालिका वडा नम्बर ३ मचकुटियामा आजबिहिवार वडा कार्यालयको स्थापना भएको छ । गाउँमा वडा कार्यालय स्थापना भएपछि मचकुटियाका बासिन्दाहरु खुसी भएका छन् । वडा कार्यालय स्थापना भएसंगै सानोतिनो कामका लागि नगरपालिकाको कार्यालय धाउनु पर्ने बाध्यता हटेपछि उनीहरु एकदमै खुसी भएका हुन् ।

मेयर र कार्यकारी बिच कुरा नमिल्दा इशनाथ नगरपालिकाको कार्यकारी फेरिए - 2017-11-16
रौतहट, कार्तिक ३० स्थानिय तहमा लामो अन्तराल पछि जनप्रतिनिधि आएपछि अधिकांश ठाउँमा जनप्रतिनिधि तथा कर्मचारी बीच आपसी मतान्तर हुदै झै–झगडा समेत हुन थालिएको देखिएको छ ।

जनकपुरमा किशोरीलाई सामूहिक बलात्कार, चार बलात्कारी पक्राउ - 2017-11-16
जनकपुर, कार्तिक ३० जनकपुरमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि किशोरीको मुख बाँधेर नहरमा लगि बलात्कार गरेको आरोप छ ।

प्रशासनद्धारा अमानबीय व्यवहार, दोषीलाई कारवाही नहुनजेल सम्म विधालय बन्द - 2017-11-13
रौतहट, कार्तिक २७ रौतहट सदरमुकाम गौर जिल्ला प्रशासन अगाडि धर्ना दिईरहेको बेला प्रशासनले शिक्षकलाई अमानबीय व्यवहार गरेका छन् । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका तथा राजदेबी नगरपालिकाका शिक्षकहरुको प्रथम चौमासिक तलब भत्ता नपाएको कारण शिक्षहरुले जिल्ला प्रशासन अगाडि धर्नामा बसेका थिए ।

वडा कार्यालय स्थापना भएपछि वडा वासी खुशि - 2017-11-10
रौतहट, २१ कार्तिक रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा शुक्रबार वडा कार्यालयको स्थापना भएको छ । गाउँमा वडा कार्यालय स्थापना भएपछि सबगढाका बासिन्दाहरु खुसी भएका छन् । वडा कार्यालय स्थापना भएसंगै सानोतिनो कामका लागि नगरपालिकाको कार्यालय धाउनु पर्ने बाध्यता हटेपछि उनीहरु खुसी भएका हुन् ।

गाउँपालिका कार्यालय विधालयबाट संचालन भए पछि विधार्थीको पठन पाठन अवरुद्ध - 2017-11-07
रौतहट, २१ कार्तिक रौतहट जिल्ला अन्र्तगत रहेको यमुनामाई गाउँपालिकाको कार्यालय विधालयमा सञ्चालन भए पछि विधार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ ।

इमर्जेन्सी इन्चार्ज झा अख्तियारको फँन्दामा - 2017-11-07
रौतहट, कार्तिक २१ रौतहट सदरमुकाम गौर अस्पतालका इमर्जेन्सी इन्चार्ज प्रवीण कुमार झा लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नियन्त्रणमा लिएको छ ।

वडा अध्यक्ष डिके झाको प्रयासमा ९० थान न्यानो झोला वितरण - 2017-11-06
रौतहट, २० कार्तिक गएको साउन २८ तथा २९ गतेको विनाशकारी बाढी बाट पिडित गर्भवती महिलाहरुलाई आज एक कार्यक्रम बिच न्यानो झोला तथा झुल वितरण गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920333 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top