नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

भारतमा नेपाली मानव अधिकारकर्मी सम्मानित - 2018-01-07
पुस २३ सप्तरी मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २५ बर्ष प्रकाशमणी राउतलाई हयुमन राईटस अर्वाडवाट सम्मानित गरिएको हो ।

प्राविधिक सहायक शम्भु यादव प्रहरी हिरासतमा - 2018-01-04
जितेन्द्र कुमार । रौतहट, २० पुस जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले रौतहटका एक कर्मचारीलाई बिहिवार पक्राउ गरेको छ । रौतहट जिल्ला ईशनाथ नगरपालिका औरैया घर भई ईशनाथ नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक सहायक शम्भु यादव पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. ८ बाट बाटोमा हिडडुल गरिएको अवस्थामा पक्राउ परेका छन् ।

शीतलहरका कारण विधालय बन्द - 2018-01-04
जितेन्द्र कुमार । रौतहट, २० पुस लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण रौतहटका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् । सोमवार १७ गते देखि शुक्तवार २१ गते सम्मका लागि विधालयहरु बन्द गरिएको छ ।

४८ किलो गाँजासहित पक्राउ परेकालाई पर्सा प्रहरीले गरे सार्वजनिक - 2017-12-28
वीरगञ्ज, १३ पुस । पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो ।

छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा - 2017-12-28
रौतहट, १२ पौष । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं. ३ का करिब १४ वर्षिया नाबालिक बालात्कृत भएकी खबर भएर प्राप्त भएको छ । दुई साता अगाडि आफनै घरमा बेलुकीको समयमा बसी रहेकी नाम परिर्वतन गरिएको सिता कुमारीलाई सोही वडामा कार्यरत

मत्सरी–पिपरा सडक ६ मिटर चौडा हुदै - 2017-12-27
जितेन्द्र कुमार । गंगापिपरा, १२ पुस रौतहटको गौर गंगापिपरा सडक खण्ड अन्र्तगत दुर्गाभगवती गाउँपालिकाको मुख्य बजारको सडक चौडा हुने काम शुरु भएको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्र्तगत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो सडक खण्डको ८१० मिटर सडक चौडा गर्न लागेको हो ।

चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ - 2017-12-25
चन्द्रनिगाहपुर/ पौष १०/ रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ। प्रहरीले होटलहरुको

मत्सरीलाई नशा मुक्त वडा बनाउने अभियानको थालनी - 2017-12-25
रौतहट, पुस ९ रौतहट जिल्लाको धार्मिक स्थलको रुपमा प्रसिद्ध साविक मत्सरी गाविस हाल वडा लाई नशामुक्त वडा बनाउने अभियानको थालनी भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष डिके झाको अध्यक्षतामा दुर्गामन्दिर प्राङ्गनमा बसेको सर्वपक्षिय बैठकले मत्सरीमा नशा निषेध तथा अश्लील भोजपुरी गीत बजाउन रोग लगाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920356 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top