नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

रौतहटमा गोलि लागेर गाइभैसी व्यापारी घाइते - 2018-01-29
गौर/१५,माघ/ रौतहटको राजपुर नगरपालिकाको बैरियाटोल नजिकै सोमवार बिहान गोलि लागेर एक व्यक्ति घाइते भएका छन । एउटै पेशा गर्दै आएका साथीले नै अर्को साथीलाइ गोली हानेर घाइते बनाएको प्रहरीको भनाइ छ । राजपुर

सरस्वती पूजा नगरेको कारण विद्यालयमा तालाबन्दी - 2018-01-25
पर्सा, माघ ११ स्थानीय युवाहरुले बिहीबार पर्साको पोखरीया नगरपालिका ९ चौकिया बैरियाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका छन् ।

३१ करोड ११ लाख ५३ हजार गढीमाइ नगरपलिकाको बजेट - 2018-01-24
रौतहट १० माघ रौतहटको गढीमाइ नगरपलिकाले ३१ करोड भन्दा बढी बजेट प्रस्ताव गरेको छ । बुधवार आर्थीक बर्ष २०७४/०७५ को निती, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गढीमाइ नगरपालिकाका मेयर श्याम प्रसाद यादवले एक करोड ४० लाख रकम ग्यास

सरकारी कर्मचारी कै घरमा शौचालय छैन - 2018-01-24
गौर/१०,माघ/ जिल्ला हुलाक कार्यालय रौतहटको एक कर्मचारीलाई बारम्बार तागेता गरेपनि आफ्नो घरमा शौचालय नबनाएको भन्दै, कार्यालयले तलव सहित सवै सेवा सुविधा रोक्का गर्ने बताएको छ । गौर नपा. वार्ड नं. ४

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या - 2018-01-23
रौतहट, ९ माघ राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।

माधव नारायण नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न - 2018-01-21
रौतहट, माघ ७ रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न भएको छ । रौतहट जिल्ला क्षेत्र नं. १ मा रहेको माधव नरायण नगरपालिकाले आर्थिक मसान्त ०७४/०७५ को लागी नगरपरिषद भव्यताका साथ सम्पन्न गरेको हो । परिषदले आ.ब.०७४/०७५ को लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरकोे छ

रौतहटका संचारकर्मी द्धारा मुस्हर बस्ति लाई आर्थिक सहयोग - 2018-01-21
रौतहट, माघ ७ रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौरमा रहेका संचारकर्मीहरुले आर्थिक सहयोग गरेको छ । संचारकर्मीहरुले सप्तरी जिल्लामा आएको विनाशकारी बाढिबाट प्रभावित भएकाहरुको लागी संकलन गरेको राशी मध्ये बाकी रहेको नगद १५ हजार रुपैयाँ धुर्मुस सुनतली फाउन्डेसन सहयोग गरेको हो ।

मुस्हर बस्ति निर्माणमा सूर्योदयको आर्थिक सहयोग - 2018-01-20
रौतहट /०६,माघ / रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले धनराशी सहयोग गरेको छ ।संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920348 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top