नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् /* - - - Script for Auto Navigation - - - */

समाज

समाजसेवी शम्भु साह समाजमै व्यस्त

एसडिसीले आयोजना गरेको प्रथम बालक साईकल दौंड प्रतियोगिता २०७४ सम्पन्न
रौतहट, २ फागुन


रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।


Image may contain: 8 people, bicycle and outdoorबुधबार सदरमुकाम गौरमा आयोजीत जिल्ला स्तरीय बालक साईकल दौड प्रतियोगिताको प्रमुख अतिथि साहले बालक नै देश र भविष्यको कर्णधार भएकोले उनीहरुको मानशीक र सामाजीक विकासको लागि खेल क्षेत्रको माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट अझ माथि उठेर लाग्नुपर्ने बताए ।

जसरी बिरुवालाई मल जल हाली हुर्काएर पछि फल लिन सकिन्छ त्यसै गरी नै बालकहरुको खेलको माध्यमबाट मानशीक र संवेगात्मक विकास गर्न सके भविष्यमा देश विकासमा ठूलो टेवा पुग्ने प्रष्ट पारे । सामाज विकास परिषदले महा शिवरात्रीको शुभ अवसरमा आयोजना गरेको सो दौड प्रतियोगिताका प्रथम, दितिय र तृतिय हुने हरुलाई एक–एक साईकल, मेडल, प्रमान पत्र प्रदान गरिएको छ ।
Image may contain: 10 people, people standing and outdoor
सो प्रतियोगितामा प्रथम, महमद मजिउल्लाह, दोस्रो बिवेक साह र तेस्रो सिबान कौसर भएका थिए । भने अन्य सहभागीहरुलाई मायाको चिनो, सहित प्रमान पत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा श्री सूर्योदय बहुमुखी तथा सहकारी संस्था लि., तथा सहकारी संस्थाका प्रतिनीधी नरेन्द्र गुप्ता, धन लक्ष्मी बचत तथा ऋण तथा सहकारी संस्था लि. का डाईरेक्टर मनोज गिरी, चन्द्रलोक बचत तथा ऋण तथा सहकारी संस्थाका प्रतिनीधी चन्दन सोनी सहित जिल्लाका वूद्धिजिवी, पत्रकार, नागरिक समाजका अगुवा सहित सयकडौं व्यक्ति विषेशहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई प्रविधिक रुपमा मिसन फोर डेभलोपमेन्ट, नेपाल आई केयर सेन्टर, अभियान नेपालले सहयोग गरेका थिए । संचारकर्मी संतोष पौडेलले उदघोषण गरेका कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र कुमार दासको सभापतित्वमा सो कार्यक्रम समपन्न भएको छ ।  

जिल्ला दैविक प्रकोप उद्धार समिति रौतहटको बैठकमा सिडिओ को आसेपासे मात्र - 2017-08-17
गौर/०१,भदौ/ जिल्ला दैबी प्रकोप उद्धार समिति रौतहटको बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारि उद्धव थापाको आसेपासे मात्र लाइ सहभागी गराउने गरिएको जान गुनासो बढेको छ l विनाशकारी बाढीले अधिकांश रौतहटबासि लाइ सडकमा ल्याई दिए

रौतहटलाई संंकटग्रस्त जिल्ला घोषणाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा नारावाजी - 2017-08-16
गौर/३२,साउन / जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार दिउसो स्थानीय बाढीपिडित ले रौतहटलाई संंकटग्रस्त जिल्ला घोषणाको माग गर्दै बिरोध प्रर्दशन गरेका छन् । उनीहरुले राहत बितरणमा समेत ढिलाई भएको भन्दै स्थानीय प्रशासन बिरुद्ध नारावाजी गरेका

गौर नगरपालिकाको बाढी पिडितलाइ राहत बितरण - 2017-08-16
गौर , ३२ साउन/ राज्य पक्ष द्वारा बेवास्ता भै रहेका बाढी पिडित हरु अहिले स्थानीय समाजसेवीको आशमा गुजारा गरि रहेका छन् l बाढीले नुन देखि सुन सम्म सब थोक बगाएर लागे पछि सडकमा आइ सकेका गौरबासीलाइ गौर नगरपालिका का पुर्ब मेयर तथा शिक्षा प्रेमी

बाढी आयो डाक्टर साहब खोई त... - 2017-08-16
जितेन्द्र कुमार । रौतहट, ३२ साउन बाढीले विनाशको इतिहास रचेको रौतहटमा ठूलो क्षति भएको छ। कम्तिमा साठी हजार घरपरिवार प्रभावित भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ। जिल्लामा कम्तीमा चार लाख मानिस प्रभाभित भएको अनुमान गरिएको छ ।

मा.वि. मठियाको शिक्षक नियुक्तिमा रकमी चल खेल सुरु - 2017-08-16
रौतहट, ३२ साउन रौतहट जिल्ला स्थित जिल्ला शिक्षा कार्यालयका कर्मचारी अनियमित रकम असुलीमा लागेको तितो सत्य फेरी उजागर भएको छ ।

गौर चपुर सडक बुधबार देखि सुचारु हुने - डिभिजन प्रमुख सुमन - 2017-08-16
गौर/३२,श्रावन/ बाढीले बिरेन्द्र राजमार्ग अन्तर्गत सखुअवामा १०० मिटर बाटो बगाए पछि ४ दिन देखि अबरुद्ध गौर चन्द्रनिगाहपुर सडक बुधबार देखि सुचारु हुने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमन ले बताउनु भएको छ l रौतहट अनलाइन संग कुरा गर्नु हुँदै

सिडिओ उद्धव थापाको निश्कृयताका कारण राहत शुन्य , सक्रियतामा रौतहटको आकाशमा दर्जनौ हेलिकप्टर - 2017-08-15
रौतहट/३१ ,साउन/ बाढीले जिल्ला भरि प्रभावित भए पनि राहत को नाममा शुन्य को अबस्था रहेको छ । गाउँ तथा सदरमुकाममा अरबौँको क्षति भए पनि पीडितले आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको मात्र हेर्न पाएका छन् । सोमबार देखि रौतहटको आकाशमा दर्जनभन्दा बढी हेलिकोप्टर उडेका छन्। ती मध्ये अधिकांस हेलिकप्टर निरीक्षण प्रयोजनमै उडेको देखिन्छ l

रौतहटमा बाढीबाट अर्बौंको क्षति,मंगलबार देखि बिरेन्द्र राजमार्ग सुचारु हुने -प्रजिअ थापा - 2017-08-14
३० साउन, रौतहट । रौतहटमा बाढीबाट अर्बौंको क्षति भएको अनुमान छ । बजार पसल, खेतबारी,सरकारी , गैर सरकारी कार्यालय सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ । क्षति नभएको घर भेटाउन

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920330 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top