१३३ देश सामेल रहेकाे सूचीमा यसअघि जस्तै अमेरिका पहिलाे नम्बरमा परेकाे छ। नेपालका दुइ छिमेकी चीन र भारत क्रमश: तेस्राे र चाैथाे स्थानमा परेका छन्। रसिया दाेस्राे स्थानमा छ।
नेपालभन्दा कमजाेर ३६ वटा देश रहेकाे सूचीमा उल्लेख छ। नेपालको सैन्य शक्ति विश्वका १३३ देशमध्ये तुलनामा ९७ औं स्थानमा परेको छ। छिमेकी भारत र चीन शिर्ष पाँचभित्र अँटाएका छन्।
सेनाको वर्गीकरण र विश्लेषणका आधारमा नेपाली सैनासँग हवाई सैन्य शक्ति नरहे बराबर छ तर स्थल सेनाकै भरमा नेपालको वर्गीकरण गरिएकाे हाे। नेपाली सेनासँग कूल १ लाख ५७ हजार सैन्य जनशक्ति छ। यसमा क्रियाशिल करिब ९५ हजार र ६२ हजार रिर्जव रहेका छन्।
२२ वटा सैन्य विमान र हेलिकोप्टरमा १८ वटा चालु अवस्थामा छन्। नेपाली सेनासँग १४८० बख्तरबन्द लडाकु सवारी साधन र १२० आर्टलरी रहेका छन। नेपाली सेनामा भर्ना योग्य जनशक्ति तयारी अवस्थामा ७ लाख ५० हजार रहेको छ।
याे शाेधमा परम्परागत हतियारकाे मात्र लेखाजाेखा गरिएकाे ग्लाेबल फायर पावरले जनाएकाे छ। 'यसमा परमाणु हतियारलाइ उल्लेख गरिएकाे छैन', शाेध विधि प्रस्ट्याउँदै उसले भनेकाे छ।
सूचीमा पहिलाे स्थानमा रहेकाे अमेरिकाकाे रक्षा बजेट ५८७ अर्ब डलर रहेकाे छ। चीनकाे १६१ अर्ब डलर रक्षा बजेट छ। चीनमा सक्रिय सेनाकाे संख्या करिब २२ लाख छ। रिजर्भ सेना थप १४ लाख छ। चीनसँग ३ हजार लडाकू विमान तथा साढे ६ हजार ट्यांक रहेका छन्।
![]() प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि सुरू पाँच दिने भारत भ्रमणप्रति चीनले शुभेच्छा प्रकट गरेको छ। हाल चीन र भारतबीच दोक्लम विवाद जारी रहेको अवस्थामा प्रधानमन्त्री देउवाको भारतको राजकीय भ्रमणप्रति निकै ध्यानाकर्षण भैरहेको बेला चीनले यस्तो शुभेच्छा प्रकट गरेको हो। |
|||||||||
![]() उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अबुझ’ को संज्ञा दिँदै केही दिनभित्रै प्रशान्त महासागरीय टापु ग्वामनजिकै चार ओटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको छ। |
|||||||||
![]() रुसी राष्ट्रपति भ्लादमिर पुटीनले रुसले ७५५ अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेका छन्। पुटीनले रुस विरुद्धकको पछिल्लो अमेरिकी प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिका विरुद्ध थप कदम चाल्ने पनि बताएका छन्। |
|||||||||
![]() चीन–भुटान–भारतको त्रिदेशीय सिमा दोक्लम क्षेत्रलाई लिएर जारी विवाद माझ एक भारतीय नेताले चीन विरुद्ध क्रुद्ध प्रतिक्रिया दिएका छन्। बुधवार भारतीय संसद लोकसभामा समाजवादी पार्टीका सांसद मुलायम सिंह यादवले चीनले पाकिस्तानको भूमिमा आणविक बम जडान गरेको र भारतलाई आक्रमण गर्नको लागि पुरा तयार भएको दावी गरे। |
|||||||||
![]() अमेरिकाले पाकिस्तान आतंकवादका लागि ‘सुरक्षित स्वर्ग’ भएको दावी गरेको छ। उसले पाकिस्तानले आतंकवादीलाई सुरक्षित स्वर्ग उपलब्ध गराई रहेको अरोप पनि लगाएको छ। |
|||||||||
![]() ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई भ्रष्टाचार आरोपमा दोषी मान्दै अदालतले साढे नौ वर्षको जेल सजाय सुनाएको छ। यद्यपि उनको अपिल विचाराधीन रहेकोले उनी अहिले नै जेल जाने छैनन्। |
|||||||||
![]() राष्ट्रपतिको दुई कार्यकाल ह्वाइट हाउसमा बिताएर विदा भएको झण्डै १०० दिनपछि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा सार्वजनिक मञ्चमा पहिलो पटक देखा परेका छन्। तर डेढ लामो सामूहिक छलफलमा उनले ट्रम्पको नाम एक पटक पनि लिएनन्। |
|||||||||
![]() ‘एयर फोर्स टु’ मा ३० हजार फिटमाथिबाट दक्षिण कोरियातर्फ उडान भर्दै गर्दा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफ भएको समाचार थाहा पाए। उपराष्ट्रपति पेन्स त्यस्तो स्थानमा जाँदै थिए, जहाँ उनका पिता सेकेण्ड लेफ्टिनेन्ट एडवार्ड पेन्स जुनियरले कोरियाली युद्ध लडेका थिए र त्यसबापत एक तक्मा पनि प्राप्त गरेका थिए। त्यसको ६४ वर्षपछि उपराष्ट्रपतिका रुपमा अझै पनि तनावग्रस्त कोरियाली प्रायद्वीपको यात्रा गर्दैगर्दा पेन्स पितालाई सम्झेर भावुक पनि भएछन्। |
|||||||||
PREV 1 2 3 4 NEXT |