भरणपोषणका लागि पूर्वपत्नीलाई दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन अदालतको आदेश /* - - - Script for Auto Navigation - - - */

अन्तर्राष्ट्रिय

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए

एजेन्सी, पुस १७


इरानको सरकारी टेलिभिजनले आइतबार भएको सडक प्रदर्शनका क्रममा १० जनाको ज्यान गएको जनाएको छ। ‘विभिन्न सहरहरुमा गरेर आइतबार रातीको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ,’ सरकारी टेलिभिजनको भनाइ रोयटर्सले उधृत गरेको छ।


विभिन्न सहरहरुमा बिहीबारदेखि आर्थिक अवस्था, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै प्रदर्शन आयोजना भएको छ। राष्ट्रपति हसन रुहानीले प्रदर्शनको अधिकार नागरिकलाई भए पनि हिंसा फैल्याउने अधिकार नभएको बताएका छन्। उनले विदेशीको इशारामा प्रदर्शन भएको आरोप पनि लगाएका छन्।

केही प्रदर्शनकारीले देशमा राजतन्त्र फर्किनुपर्ने र अमेरिकामा निर्वासनमा रहँदै आएका पूर्व शाहका छोरा रजा पह्लवीले सत्ता सम्हाल्नुपर्ने माग राखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आन्दोलनको समर्थन गरेका छन्।

यद्यपि विश्लेषकहरुले प्रदर्शनलाई २००९ को आन्दोलनझैँ दबाइने आशंका व्यक्त गरेका छन्। सो वर्ष भएको आन्दोलनमा ३० जनाको ज्यान गएको थियो।

कतिपयले यो प्रदर्शन साउदी अरबको इशारामा भएको दाबी गरेका छन् र अझ केही आन्दोलन चर्किँदै गए मध्यपूर्वमा अर्को संकट सुरु हुने आशंका गरेका छन्।

जल तथा हवाइ युद्धको तयारी बढाउने चीनको चेतावनी - 2017-10-11
असोज २५ एक अमेरिकी क्षेप्यास्त्र विध्वंसक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चीनले कडा शब्दमा त्यसको विरोध गरेको छ। अमेरिकी कदमको विरोध गर्दै चीनले ‘यस्तै उत्तेजनात्मक क्रियाकलाप जारी रहे चिनियाँ सेनाले जल तथा हवाइ युद्धको तयारी बढाउने’ चेतावनी पनि दिएको छ।

अमेरिकाले गर्‍यो १५ क्युबाली कुटनीतिज्ञलाई देश निकाला - 2017-10-04
एजेन्सी, असोज १८ अमेरिकाले मंगलबार १५ क्युबाली कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने आदेश दिएको छ। क्युबाको राजधानी हवानास्थित आफ्ना कर्मचारीलाई सो देशले सुरक्षा दिन नसकेको भन्दै ट्रम्प प्रशासनले यस्तो कदम चालेको हो।

अमेरिकी जासुसी विमानले चिनियाँ वैज्ञानिकको पिछा - 2017-10-04
एजेन्सी, असोज १८ एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको गुआमनजिकै चिनियाँ पानीजहाजले समुद्री खोज गरिरहँदा अमेरिकी जासुसी विमानले आफूहरुको निगरानी गरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

अमेरिकामा भीषण गोलीबारी, ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते - 2017-10-03
लस भेगास, १६ असोज संयुक्त राज्य अमेरिकाको लस भेगासमा आइतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । ५०० जनाभन्दा बढी घाइते भएका छन् ।

किम जोङ नाम हत्या आरोपी दुई महिलाद्वारा निर्दोष रहेको दाबी - 2017-10-03
एजेन्सी, असोज १६ उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम हत्याका आरोपी दुई महिलाले आफूहरु निर्दोष रहेको दाबी अदालतसमक्ष गरेका छन्। मलेसियाको एक अदालतमा सुरु भएको सुनुवाइमा उनीहरुले यस्तो दाबी गरेका हुन्।

बेइजिङको चोङनानहाइमा महराले भनेः सिमापार रेलमार्ग नेपालको राष्ट्रिय प्राथमिकता - 2017-09-08
बेइजिङ, भदौ २३ उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ रेलमार्ग नेपाल जोड्ने परियोजनालाई नेपालले राष्ट्रिय प्राथमिकतामा राखेको र यसमा सरकार तथा विपक्षी पार्टीका प्रमुख नेताहरूबीच सहमती जुटेको चिनियाँ प्रधानमन्त्रीलाई बताएका छन्।

देउवाको भारत भ्रमणप्रति चीनको शुभेच्छा - 2017-08-23
बेइजिङ, भदौ ७ प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि सुरू पाँच दिने भारत भ्रमणप्रति चीनले शुभेच्छा प्रकट गरेको छ। हाल चीन र भारतबीच दोक्लम विवाद जारी रहेको अवस्थामा प्रधानमन्त्री देउवाको भारतको राजकीय भ्रमणप्रति निकै ध्यानाकर्षण भैरहेको बेला चीनले यस्तो शुभेच्छा प्रकट गरेको हो।

ट्रम्पलाई ‘अबुझ’ भन्दै उत्तर कोरियाद्वारा ग्वाममा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी - 2017-08-10
काठमाडौँ, साउन २६ उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अबुझ’ को संज्ञा दिँदै केही दिनभित्रै प्रशान्त महासागरीय टापु ग्वामनजिकै चार ओटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको छ।

PREV 1 2 3 4 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868420 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top