भरणपोषणका लागि पूर्वपत्नीलाई दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन अदालतको आदेश /* - - - Script for Auto Navigation - - - */

अन्तर्राष्ट्रिय

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए

एजेन्सी, पुस १७


इरानको सरकारी टेलिभिजनले आइतबार भएको सडक प्रदर्शनका क्रममा १० जनाको ज्यान गएको जनाएको छ। ‘विभिन्न सहरहरुमा गरेर आइतबार रातीको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ,’ सरकारी टेलिभिजनको भनाइ रोयटर्सले उधृत गरेको छ।


विभिन्न सहरहरुमा बिहीबारदेखि आर्थिक अवस्था, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै प्रदर्शन आयोजना भएको छ। राष्ट्रपति हसन रुहानीले प्रदर्शनको अधिकार नागरिकलाई भए पनि हिंसा फैल्याउने अधिकार नभएको बताएका छन्। उनले विदेशीको इशारामा प्रदर्शन भएको आरोप पनि लगाएका छन्।

केही प्रदर्शनकारीले देशमा राजतन्त्र फर्किनुपर्ने र अमेरिकामा निर्वासनमा रहँदै आएका पूर्व शाहका छोरा रजा पह्लवीले सत्ता सम्हाल्नुपर्ने माग राखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आन्दोलनको समर्थन गरेका छन्।

यद्यपि विश्लेषकहरुले प्रदर्शनलाई २००९ को आन्दोलनझैँ दबाइने आशंका व्यक्त गरेका छन्। सो वर्ष भएको आन्दोलनमा ३० जनाको ज्यान गएको थियो।

कतिपयले यो प्रदर्शन साउदी अरबको इशारामा भएको दाबी गरेका छन् र अझ केही आन्दोलन चर्किँदै गए मध्यपूर्वमा अर्को संकट सुरु हुने आशंका गरेका छन्।

प्रतिबन्ध विरुद्ध रुस आक्रामक, ७५५ अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गर्ने - 2017-07-31
साउन १६ रुसी राष्ट्रपति भ्लादमिर पुटीनले रुसले ७५५ अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेका छन्। पुटीनले रुस विरुद्धकको पछिल्लो अमेरिकी प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिका विरुद्ध थप कदम चाल्ने पनि बताएका छन्।

दोक्लम विवादमा भारतीय नेताः पाकिस्तान होइन, चीन हाम्रो शत्रु हो - 2017-07-20
एजेन्सी, साउन ५ चीन–भुटान–भारतको त्रिदेशीय सिमा दोक्लम क्षेत्रलाई लिएर जारी विवाद माझ एक भारतीय नेताले चीन विरुद्ध क्रुद्ध प्रतिक्रिया दिएका छन्। बुधवार भारतीय संसद लोकसभामा समाजवादी पार्टीका सांसद मुलायम सिंह यादवले चीनले पाकिस्तानको भूमिमा आणविक बम जडान गरेको र भारतलाई आक्रमण गर्नको लागि पुरा तयार भएको दावी गरे।

पाकिस्तान अतांकवादका लागि 'सुरक्षित स्वर्ग': अमेरिका - 2017-07-20
काठमाडौं, साउन ५ अमेरिकाले पाकिस्तान आतंकवादका लागि ‘सुरक्षित स्वर्ग’ भएको दावी गरेको छ। उसले पाकिस्तानले आतंकवादीलाई सुरक्षित स्वर्ग उपलब्ध गराई रहेको अरोप पनि लगाएको छ।

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको मुद्दामा साढे ९ वर्ष जेल - 2017-07-13
एजेन्सी, असार २९ ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई भ्रष्टाचार आरोपमा दोषी मान्दै अदालतले साढे नौ वर्षको जेल सजाय सुनाएको छ। यद्यपि उनको अपिल विचाराधीन रहेकोले उनी अहिले नै जेल जाने छैनन्।

डेढ घण्टाको कार्यक्रममा पनि ओबामाले ट्रम्पको नाम लिएनन् - 2017-04-25
एजेन्सी, १२ बैशाख । राष्ट्रपतिको दुई कार्यकाल ह्वाइट हाउसमा बिताएर विदा भएको झण्डै १०० दिनपछि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा सार्वजनिक मञ्चमा पहिलो पटक देखा परेका छन्। तर डेढ लामो सामूहिक छलफलमा उनले ट्रम्पको नाम एक पटक पनि लिएनन्।

अमेरिका हान्ला त कोरियाले? - 2017-04-18
५ बैशाख । ‘एयर फोर्स टु’ मा ३० हजार फिटमाथिबाट दक्षिण कोरियातर्फ उडान भर्दै गर्दा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफ भएको समाचार थाहा पाए। उपराष्ट्रपति पेन्स त्यस्तो स्थानमा जाँदै थिए, जहाँ उनका पिता सेकेण्ड लेफ्टिनेन्ट एडवार्ड पेन्स जुनियरले कोरियाली युद्ध लडेका थिए र त्यसबापत एक तक्मा पनि प्राप्त गरेका थिए। त्यसको ६४ वर्षपछि उपराष्ट्रपतिका रुपमा अझै पनि तनावग्रस्त कोरियाली प्रायद्वीपको यात्रा गर्दैगर्दा पेन्स पितालाई सम्झेर भावुक पनि भएछन्।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाको दाबी - 2017-03-29
एजेन्सी, चैत ९ । उत्तर कोरियाले गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षण असफल असफल भएको दक्षिण कोरियाले दाबी गरेको छ। केही दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक रकेट इन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास गरेको दाबी गरेको थियो।

संशोधित यात्रा प्रतिवन्ध नीति अर्को साताः ट्रम्प - 2017-03-29
एजेन्सी, फागुन ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतले ‘सहयोग’ नगर्दा यात्रा प्रतिवन्ध निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको बताएका छन्। ‘यात्रा प्रतिबन्धबारे हाम्रो निर्णय सहज रुपमा अघि बढिरहेको थियो’ उनले भने, ‘तर हाम्रो अदालत खराब छ र निर्णय पनि खराब भयो।’

PREV 1 2 3 4 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868413 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top