प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह

काठमाडौँ पुस ८


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।


नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए। रासस

देउवाले भने: कांग्रेसले नजिते देश बर्बाद - 2017-10-31
कार्तिक १४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसले नजिते देश बर्बाद हुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा वाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवासहितका कांग्रेस नेताहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन पनि आग्रह गरे।

कांग्रेस निभ्ने बेलाको बत्तिजस्तैः ज्ञवाली - 2017-10-29
काठमाडौं, कार्तिक १२ नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका कारण कांग्रेस हतास मानसिकतामा पुगिसकेको बताएका छन्। आइतबार एमाले र माओवादी केन्द्रका सम्पर्क मञ्चहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव ज्ञवालीले कांग्रेस कम्युनिस्टहरुले अधिनायकवाद ल्याउन खोजे भन्दै हौवा पिटाइरहेको आरोप लगाए।

महन्थ ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन: यादव - 2017-10-29
विराटनगर, कार्तिक १२ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले र माओवादी केन्द्रका बीचको वाम गठबन्धन राष्ट्रविरोधी नभएको बताका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले वाम गठबन्धनको भविष्य उसले गर्ने कार्यमा निर्भर रहेको बताए।

मधेसमा ६० प्रतिशत नपाए राजपाले कांग्रेससँग तालमेल नगर्ने - 2017-10-16
काठमाडौँ, असोज ३० राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए कांग्रेससँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘हामी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच गठबन्धन बनेको छ, त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढि नै सिट मागेका छौँ’ उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने जिकिर गरे।

एक्लै निर्वाचन लडेर जित्छौंः प्रचण्ड - 2017-09-26
असोज १० नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन्।

७३ होइन,७७ प्रतिशत मत खस्यो २ नम्बर प्रदेशमा - निर्वाचन आयोग - 2017-09-19
काठमाडौं, असोज ३ दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको बताएको निर्वाचन आयोगले मंगलबार भने ७७ प्रतिशत मत खसेको बताएको छ।

मेरो तन मन धन मधेशी जनता माझ नै छ – देउवा - 2017-09-15
रौतहट, ३० भदौ नेपाली काग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुरले आज गरुडाको आम सभामा भन्ने मेरो तन मन घन मधेशी जनता माझ नै रहेको बताए । आमसभामा सेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेता तथा कार्यक्रम गस्डाको आम सभामा समिलित भएका छन् ।

हुलाकी राजमार्ग काँग्रेसले शुरु गर्‍यो काँग्रेसले तयार पार्छ - अर्थराज्यमन्त्री राणा - 2017-09-14
रौतहट, भदौ २९ नेपाल सरकारका अर्थराज्यमन्त्री तथा काँग्रेसका यूवा नेता उदय शमशेर राणाले तराई मधेशलाई हुलाकी राजमार्गले जोड्ने काँग्रेसको सपना चाँडै पुरा हुने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868418 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top