प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह

काठमाडौँ पुस ८


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।


नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए। रासस

महानगरबासीले दिएको मत नै हाम्रो जित हो - रञ्जु दर्शना - 2017-05-25
काठमाण्डौ, जेठ ११ काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले जित नजिक रहेका विद्यासुन्दर शाक्यलाई बधाइ दिएकी छन् । साथै उनले आफ्नो पनि हार नभई जित भएको बताएकी छन्

देउवालाई थाल खाउँ कि भात खाउँ भएको छः ओली - 2017-05-23
काठमाडौं, जेठ ९ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनका लागि ‘थाल खाउँ की भात खाउँ’ जस्तै हतारो भएको बताएका छन्।

रेखा थापा भन्छिन्ः रञ्जुको मतमा विजय देख्नेले रेणुको पराजय चाहनु अन्यायपूर्ण - 2017-05-22
काठमाडौं, जेठ ८ पछिल्ला दिनमा राप्रपा प्रवेश गरेर राजनीतिक गतिविधिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले सबैको चासो रहेका भरतपुर र काठमाडौं महानगरका जारी मतगणना र उम्मेदवारबारे टिप्पणी गरेकी छिन्।

गणतन्त्रलाई असफल बनाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष यादव - 2017-05-21
धनुषा, जेठ ७ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई असफल बनाउन ‘प्रतिगमनकारीहरुले षड्यन्त्र गरिरहेको’ आरोप लगाएका छन्। यादवले संघीय गणतन्त्रविरुद्ध भइरहेको षड्यन्त्रलाई महशुस गरेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको बताएका हुन्।

‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ - दाहाल - 2017-05-18
काठकमाडौँ, जेठ ४ प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् ।

एक सातामा सबै क्षेत्रको मतपरिणाम आइसक्छ: प्रमुख निर्वाचन आयुक्त - 2017-05-17
काठमाडौँ, जेठ ३ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताएका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले बुधबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा उनले सो कुरा बताएका हुन्।

प्रहरी प्रशासनको चरम दुरुपयोग गर्यो सरकारले - अध्यक्ष ओली - 2017-05-10
काठमाडौँ, २७ बैशाख । एमाले अध्यक्ष केपी ओलीले चुनावी माहोल विथोल्न सरकार पक्षले आतंक सृजना गरेको आरोप लगाएका छन् । उनले दोलखालगायत क्षेत्रमा एमालेका कार्यकर्ता र समर्थकमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासन मौन बसेकोमा आपत्ति समेत जनाए । ‘दोलखामा एमालेका कार्यकर्तालाई लखेटी लखेटी मारिएको छ । कैयौं घाइते छन् । तर, प्रहरीले आक्रमणकारी माओवादी नेता, कार्यकर्तालाई समातेको छैन ।

एमाले बुढेसकाल सम्म साथ दिने पार्टी हो : अध्यक्ष ओली - 2017-05-08
काठमाडौँ, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बुढेसकालको सहारा भएको बताएका छन्। बृद्धभत्ता आफ्नो पार्टीले ल्याएको बताउँदै उनले अन्य पार्टीलाई ‘काम नलाग्ने’ को संज्ञा दिएका हुन्।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868388 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top