प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह

काठमाडौँ पुस ८


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।


नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए। रासस

अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा छैन - ठाकुर - 2017-07-16
पर्सा, साउन १ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन्।

चुनाव सकियो, दलगत प्रतिस्पर्धा छोडेर विकासमा लागौँः एमाले अध्यक्ष ओली - 2017-07-15
ललितपुर, असार ३१ नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय चुनावपछि दलगत प्रतिस्पर्धा समाप्त भएकोले विकासका कार्यक्रममा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभा उद्घाटन कार्यक्रममा बोल्दै ओलीले अब दलगत पक्षधरताको अर्थ नरहने बताएका हुन्।

सरकारले सबैलाई न्याय गर्छः गृहमन्त्री - 2017-06-21
चितवन, असार ७ गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन्। प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताए।

राजपाकै समझदारीमा निर्वाचन सारिएको होः नेता निधि - 2017-06-20
चितवन, असार ६ नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन्।

सहमति कार्यान्वयन नभएसम्म नयाँ सरकारलाई समर्थन हुन्नः नेता कर्ण - 2017-06-01
काठमाडौँ, जेठ १८ राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सरकार गठन हुँदा आफूहरुसँग गरिएको सहमति पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सरकार चयनमा मतदान नगर्ने बताएका छन्।

‘चुनाव सारेर जनतालाई दु:ख दिन खोजियो’ - पूर्वप्रधानमन्त्री - 2017-05-31
काठमाडौं, जेठ १७ पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले दोस्रो चरणको चुनावको मिति सारेर सरकारले जनतालाई दु:ख दिन खोजिएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका उम्मेदवारहरूको विजय जुलुसपछि भृकुटीमण्डपमा बोल्दै ओलीले चारै प्रदेश र तराईका जनतालाई गाह्रो होस् भनी मध्य वर्षातमा चुनावको तिथि सारिएकोमा आफूहरूको असहमति रहेको बताए ।

ओबरमा नेपालको हस्ताक्षर ऐतिहातिकः अध्यक्ष ओली - 2017-05-30
काठमाडौं, जेठ १६ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ ओबर अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक कोसेढुङ्गा भएको बताएका छन्।

आन्दोलनले नायक जन्माउँछन् भने चुनावले विजेता - रञ्जु दर्शना - 2017-05-27
काठमाण्डौ, जेठ १३ आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन् ।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868386 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top