प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह

काठमाडौँ पुस ८


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।


नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए। रासस

एकजुट भइ बिपत्तिको सामना गरौ : नेता पौडेल - 2017-08-18
रौतहट,२ भदौ नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलले सरोकारवाला ,विभिन्न राजनीतिक दल र तिनका भातृ संगठन,अन्य गैरसरकारी संस्था र विभिन्न संघसंगठन लाई एकजुट भइ उद्घार र राहतको काममा लाग्न अनुरोध गर्नुभएको छ।

राहतमा राजनीति , पिडितलाइ हैन आफ्नालाइ राहत -युवा नेता डी के झा - 2017-08-18
गंगापिप्रा/०१,भदौ / माओबादि केन्द्रका युवा एबम प्रभावशाली नेता डी के झाले विनासकारी बाढी बाट बास्तबिक क्षति भएको व्यक्तिले राहत पाउनु को सट्टा राजनीतिक दलका कार्यकर्ता मात्र ले सरकारी राहतमा पहुँच रहेको गुनासो पोख्नु भएको छ l रौतहट अनलाइन संग कुरा गर्दै नेता झा ले राहत बितरण

राहत र पुनःस्थापनाका लागि सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री - 2017-08-17
नेपालगञ्ज, भदौ १ प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन्।

धर्मको सहारामा राजा ल्याउने खेल चलिरहेको छः प्रचण्ड - 2017-08-08
काठमाडौं, साउन २४ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्र उल्टाउने खेल चलिरहेको बताएका छन्। पार्टीको तीन नम्बर प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा ठुल्ठुला दुर्घटनाको तयारी भइरहेको पनि दाबी गरे।

प्रदेश नं २ कांग्रेसको भोट बैंकः कोइराला - 2017-08-03
गौशाला, साउन १९ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ आफ्नो पार्टीको भोट बैंक भएको बताएका छन्। बर्दिवासस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको दावी गरेका हुन्।

कांग्रेस–माओवादीले राजपालाई एमालेविरुद्ध उपयोग गरिरहेका छन्ः भट्टराई - 2017-08-03
जनकपुर, साउन १९ नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन्।

प्रदेश नम्बर २ मा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड - 2017-07-31
जनकपुर, साउन १६ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रदेश नम्बर २ मा माओवादी पहिलो पार्टी बन्छ।

दुई नम्बर प्रदेशमा मधेसवादी दलसँग तालमेल गर्छौं- प्रचण्ड - 2017-07-31
काठमाडाैँ, साउन १६ स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु मधेस झरेका छन्। सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’लगायत शीर्ष नेताहरु चुनावी प्रशिक्षणका लागि जनकपुर पुगेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868390 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top