प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह

काठमाडौँ पुस ८


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।


नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए। रासस

हामी कांग्रेस–एमालेजस्ता होइनौं, जे बोल्छौं त्यही गर्छौंः डा. बाबुराम भट्टराई - 2017-09-13
लहान, भदौ २८ नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन्।

राजपा नेतालाई उपेन्द्रको प्रश्न, पहिले मलाई गद्दार भन्ने अहिले लुरुलुरु त्यही बाटोमा आउने? - 2017-09-07
वीरगन्ज, भदौ २२ संघीय समाजावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन कै क्रममा आफ्नो पार्टीले निर्वाचनमा भाग लिने निर्णय सही प्रमाणित भएको बताएका छन्।

दुई नम्बर प्रदेशमा राजपाले ९० सिट जित्छः झा - 2017-09-05
काठमाडौं, भदौ २० राजपा नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन्। उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यहीअनुसार व्यापक तयारी भैरहेको छ।’

दुई नम्बर प्रदेशमा पहिलो हुन एमालेलाई कुनै शक्तिले रोक्न सक्दैनः पाण्डे - 2017-09-05
काठमाडौं, भदौ २० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले दुई नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा महासंघको भूमिका महत्वपूर्णः मन्त्री बस्नेत - 2017-09-03
काठमाडौँ, भदौ १८ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ नेतृत्वले थप जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्।

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहन्छः यादव - 2017-09-01
महोत्तरी, भदौ १६ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।

टेन्ट टाँगेर भएपनि प्रदेश २ मा चुनाव हुन्छः प्रमुख आयुक्त - 2017-08-21
५ भदौ, सप्तरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टेन्ट टाँगेर भएपनि प्रदेश २ को स्थानीय चुनाव गर्ने बताएका छन् । उनले निर्वाचनमा जुट्न आहृवान समेत गरे ।

निर्वाचनको वातावरण बन्दैछः महतो - 2017-08-19
धनुषा, भदौ ३ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868387 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top