रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
देश

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु



देश   16 पटक पढिएको        

काठमाडौँ जेठ १० । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु

 प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिए।

प्रतिष्ठानले सातवटै प्रदेशका तीनदेखि चार जिल्ला छनोट गरी अध्ययन शुरु गरेको हो। ती जिल्लामा मोरङ, धनकुटा, बागलुङ, नवलपरासी, चितवन कास्की, दाङ, बाँके, जुम्ला, डोल्पालगायत छन्।

तीनै तहमा फरक फरक काम गर्ने भएकाले त्यसैअनुसारको प्रशिक्षण दिनका लागि प्रतिष्ठानले अध्ययन गर्न थालेको उनले बताए।

‘अहिले हामीले संघ, प्रदेश र केन्द्रका सबै कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिने गरेका छौँ’, उनले भने, ‘तर अब संघीयतामा मुलुक गइसकेपछि तीनै तहका कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिएर पुग्दैन। त्यसैले कामअनुसारको प्रशिक्षण दिनका लागि अध्ययन गर्न थालेका हौँ।’

अध्ययनका लागि एउटा जिल्लामा दुईजना विज्ञको समूह खटिसकेको छ। समूहले असारसम्ममा अध्ययन गरिसक्नेछ।

समूहले केन्द्रमा सरकारसँग, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगरप्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी ती ठाउँमा कस्ता कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन गर्ने प्रतिष्ठानका शिक्षा निर्देशक त्रिलोचन पोखरेलले बताए।

‘समूहले अध्ययन गरिसकेपछि हामीले तीन तहमा कस्ता कर्मचारी आवश्यक हुन्छ भनेर थाहा हुन्छ’, उनले भने, ‘अनि अहिले भइरहेको प्रशिक्षण बदली तीनै तहमा फरक फरकखालका कर्मचारी प्रशिक्षण दिन्छौँ।’

समूहले स्थानीय जनतासमक्ष पनि कस्ता कर्मचारी आवश्यक पर्छ भनेर समेत अध्ययन गर्ने छन्। उनले अध्ययनबाट आएको सुझावका आधारमा तीनै तहका कर्मचारीलाई अलग अलग प्रशिक्षण दिने बताए।

प्रतिष्ठानले सेवा शुरु हुनुभन्दा अगाडि शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रशिक्षण दिने गरेको छ। रासस






सम्बन्धित शिर्षक समाचारहरु

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु - 2018-05-24

काठमाडौँ जेठ १० । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’ - 2018-05-03

काठमाडौं बैशाख २० साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको समितिले प्रहरीका उच्च अधिकृतसहितको संलग्नतामा ‘क्रिमिनिल ग्याङ’मार्फत् सुन तस्करी हुने गरेको निष्कर्ष निकालेको छ।

कुटेर श्रीमतीको हत्या, श्रीमान पक्राउ - 2018-05-02

लहान बैशाख १९ आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।

साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ - 2018-05-02

बैशाख १९ साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

शिक्षक नै जान्छन् शौचालय छाडेर जंगलतिर - 2018-04-29

तेह्रथुम बैशाख १६ खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर खुला दिसामुक्त जिल्ला घोषित तेह्रथुमका दर्जनभन्दा बढी गाउँका शिक्षक शौच गर्न जंगल छिर्ने गरेका छन्।

त्रिशुलीमा बुलेट खस्यो, चालकको मृत्यु - 2018-04-27

धादिङ बैशाख १४ भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट शुक्रबार बिहान त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा बुलेट चालकका ज्यान गएको छ।

नेपाल, भारत र बंगलादेश बस सेवा सञ्चालन, ढाकाबाट दुई यात्रुबस नेपाल आइपुगे - 2018-04-25

काँकडभिट्टा बैशाख १२ नेनेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधबार नेपाल प्रवेश गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना - 2018-04-20

काठमाडौं बैशाख ७ मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

पानी नै नबोकी आगो निभाउन दमकल जाँदा स्थानीय आक्रोशित ! - 2018-04-10

चैत २६ काठमाडौँ- सोमबार पोखरा लेखनाथ महानगरपालिका पार्दी बिरौटामा दिउसो १:३० बजे बिधुतीय तार सट हुँदा आगलागि भएको छ । पोलमा भएका तारहरु जलेका छन भने अरु कुनै मानवीय क्षति भने भएको छैन । १ घण्टा जति सवारी साधन रोकेर प्रहरीले आगो निभाउने कार्य गरेको थियो ।

नेपालबाट मदिरा भारत लैजाँदै गर्दा ६ जना पक्राउ - 2018-04-09

राजविराज चैत २६ नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसारमा संलग्न ६ जनालाई सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ हो ।

आफ्नै १२ वर्षीया नातिनीलाई करणी गर्ने हजुरबुबा पक्राउ - 2018-04-04

पाँचथर, २१ चैत आफ्नै १२ वर्षीया नातिनीलाई करणी गर्ने हजुरबुबालार्इ पाँचथर प्रहरीले पक्राउ गरेको छ । ५८ वर्षीय एक पुरुषले आफ्नै नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक(डिएसपी)बामदेव गौतमले बताए।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188973 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top