कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

मुख्यमन्त्री राउतले सार्वजनिक गरे ११ बुँदे प्रतिवद्धता - 2018-02-26
फागुन १४ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्ने उद्देश्यसहित ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्न भन्दै मुख्यमन्त्री राउतले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

१७ मात्र मन्त्रालय बनाउने मन्त्रिपरिषदको निर्णय - 2018-02-23
काठमाडौं फागुन ११ आज बसेको मन्त्रिपरिषदको बैठकले केन्द्रमा १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषदको

स्थायी समिति बैठक : मन्त्री छान्ने जिम्मा अाेलीलाई - 2018-02-23
काठमाडौं फागुन ११ एमालेले मन्त्री छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा मन्त्रीकाे सूचीमा सहमति जुट्न सकेन। त्यसपछि बैठकले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दिएको हो।

संघीय समाजवादी फोरमले दियो सरकार प्रवेशको संकेत - 2018-02-22
फागुन १० संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ। फोरमले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय व्यक्त गरेको हो।

वाम सरकार प्रवेशमा राजपा सकारात्मक - 2018-02-22
काठमाडौं फागुन १० वाम गठबन्धनका तर्फबाट एक साताअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली नेतृत्वको सरकार प्रवेशकाका लागि राष्ट्रिय जनता पार्टी सकारात्मक देखिएको छ। मधेश केन्द्रीत राजनीतिक दललाई सहभागिता गराउनेबारे सरकारले विभिन्न पहल गरिरहँदा राजपा सकारात्म देखिएको हो।

दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैनः मुख्यमन्त्री राउत - 2018-02-22
धनुषा फागुन १० प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। बिहीबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि सबैले प्रतिज्ञा गर्नुपर्ने बताए।

राजनीतिक स्थिरता र समृद्धिको युग सुरु भयोः प्रधानमन्त्री - 2018-02-19
काठमाडौँ फागुन ७ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको सपना साकार पार्ने युग प्रारम्भ भएको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को यात्रामा हातेमालो गर्न सबैसँग अपिल पनि गरे।

मन्त्री नबनाएर अपमान गरेको भन्दै एमाले सांसद चन्द्रबहादुर शाहीले दिए राजीनामा - 2018-02-19
फागुन ७ पार्टीले मन्त्री नियुक्त गर्दा पैसाको मुख मात्र हेरेको भन्दै मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा तथा केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले सांसद पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109399 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top