कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

किन भेटेनन् देउवालाई पाकिस्तानी प्रधानमन्त्री ? - 2018-03-06
काठमाडौं फागुन २२ पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी मंगलबार इस्लामावाद फर्किए। काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे।

राष्ट्रपति उम्मेदवार चयनमा एमालेमा माधव नेपाल निर्णायक - 2018-03-06
काठमाडौं फागुन २२ एमाले–माओवादी केन्द्रबीचको भागबण्डामा एमालेको भागमा परेको राष्ट्रपति चयनमा बरिष्ठ नेता माधव नेपाल निर्णायक बनेका छन्। ०६५ मा आफै राष्ट्रपतिका आकांक्षी भएपनि ०७२ मा राष्ट्रपतिको जिम्मेवारी अस्वीकार गरेका नेपालले जसलाई समर्थन गर्छन्, उही एमालेबाट राष्ट्रपति उम्मेदवार बन्ने स्थिति छ।

किसानहरुको लागि सय दिने योजना ल्याएका छौं: राज्यमन्त्री योगेन्द्र यादव - 2018-03-01
रौतहट, १७ फागुन । भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले किसानहरुलाई महान बनाउने किसीमका सय दिन योजना आफुहरुले ल्याउने बताएका छन् । प्रदेश नं. २

सरकार-फाेरम बिहानी वार्तामा सहमति हुन सकेन - 2018-03-01
फागुन १७ वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको वार्ता सहमति नजिक पुगेकाे छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति जुट्न नसकेको हो। फोरमले संविधानको धारा २७४ मा रहेको सिमांकनसम्बन्धी प्रावधान संशोधन गर्न जोड गर्दै आएको छ।

बालुवाटार पुगेर भारतीय राजदूत पुरीले दिए प्रधानमन्त्री ओलीलाई होलीको शुभकामना - 2018-03-01
काठमाडौँ फागुन १७ नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै होलीको शुभकामना दिनका छन्। बिहीबार होलीको दिन राजदूत पुरी पत्नीसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई होलीको शुभकामना दिएका हुन्।

ओली, प्रचण्ड र यादवबीच सहमति, हस्ताक्षर शनिबार - 2018-03-01
काठमाडौं फागुन १७ एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार दुई बुँदै सहमतिमा हस्ताक्षर हुने भएको छ। संविधान संसोधन र सरकारमा सहकार्य सम्बन्धी दुई बुँदा समेटिएको सहमति पत्रमा शनिबार हस्ताक्षर गर्ने समझदारी दुई पक्षबीच आज भएको बैठकले गरेको छ।

राष्ट्रपतिको विषयमा माओवादीसँग सल्लाह गरेर टुंगो लगाउँछौँः रावल - 2018-02-27
काठमाडौँ फागुन १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कस्लाई बनाउने भनेर आधिकारीक टुंगो नलागेको बताए। मंगलबार रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले राष्ट्रपतिको विषयले पार्टीभित्र आधिकारीक रुपमा प्रवेश नपाएको बताए।

उपेन्द्र यादव आज सरकारमा नजाने पक्का - 2018-02-26
काठमाडौं फागुन १४ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी तत्काल सरकारमा जाने परिस्थिति बनिनसकेको प्रष्टोक्ति दिएका छन्। संविधान संसोधन लगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्म आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएका यादवले तत्काल सहमति हुने सम्भावना नरहेको जानकारी पनि दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109337 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top