कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

हत्याको विरोधमा नेविसंघको प्रदर्शन - 2017-03-29
काठमाडौँ, १६ चैत । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। मङ्गलबार बेलुका भेरी नगरपालिका–३ निवासी ३६ वर्षीय शाहलाई कार्यालयको काम सकेर घुम्न निक्लिएको अवस्थामा जिल्ला अस्पताल नजिक जाजरकोट-डोल्पा सडकमा ढुङ्गा प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो ।

नेतृत्व लिन स्थानीय नेताको दौडधुप, पार्टी भने अन्तरिक छलफलमा - 2017-03-29
काभ्रे, चैत १५ । काभ्रेमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ। राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन्।

मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ - 2017-03-29
जितेन्द्र कुमार । रौतहट, १५ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले रौतहट सदरमुकाम गौर स्थित जिल्ला निर्वाचन कार्यालय रौतहट घेराउ गरेका छन् । मंगलबार बिहान १० बजेदेखि मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ गरेका छन् । घेराउका कारण कार्यालयको कामकाज हुन सकेको छैन ।

सुरक्षाकर्मीबाट मारिएका भारतीय साह परिवारलाई ६ वर्षपछि राहत - 2017-03-29
चैत १४ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट मृत्यु भएका मोरङ अमाहीवरियाती-७ खयरबनाका बासुदेव साहका परिवारलाई सरकारले दश लाख रुपैयाँ राहत दिएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार औपचारिक कार्यक्रम गरी विराटनगरमा पीडितका परिवारलाई सरकारले दिएको राहत रकमको चेक हस्तान्तरण गरे।

नेपाललाई चीनले दियो साढे १३ करोड सहयोग - 2017-03-29
बेइजिङ, चैत १४ । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीय चुनाव सफलताको शुभकामना दिँदै नेपाललाई नौ मिलियन चिनियाँ युयान (करिब १३ करोड ६२ लाख रुपैयाँ) आर्थिक सहयोग दिने घोषणा गरेका छन्। सोमबार बेइजिङस्थित चिनियाँ राष्ट्रपतिको कार्यालय ग्रेट हलमा राष्ट्रपति सी र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्तामा नेपालमा लामो समयपछि स्थानीय चुनाव हुन लागेको भन्दै चीनले खुसी व्यक्त गरेको छ।

अनलाइन निर्देशिकाप्रति प्रेस युनियनको ध्यानाकर्षण - 2017-03-29
काठकमाडौँ, चैत ११ । नेपाल प्रेस युनियनले सरकारले हालै राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री चीन भ्रमणमा निस्कनुअघि मोर्चासँग वार्ता गर्दै - 2017-03-29
काठमाडौँ, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा निस्कनुअघि आजै आन्दोलनरत मधेसी मोर्चाका नेतृत्वसँग वार्ता गर्ने भएका छन् । बनारसमा रहेका उपेन्द्र यादव पनि वार्तामा सहभागी हुन आज काठमाडौं फर्किदैंछन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109438 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top