कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

संसदीय समितिको निष्कर्षः भरपर्दो सुरक्षा व्यवस्था गर्न नसक्दा सप्तरी घटना - 2017-04-09
काठमाडौँ, चैत २७ । सरकारले उचित किसिमको सुरक्षा व्यवस्थापन गर्न नसकेका कारण सप्तरीमा पाँच जनाको ज्यान जाने गरी घटना घटेको निष्कर्ष संसदीय समितिले निकालेको छ। संसदको सप्तरी घटनाका सम्बन्धमा स्थलगत अध्ययण गरी सुझाव पेश गर्न गठित सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारले उचित र भरपर्दो सुरक्ष व्यवस्था नमिलाएका कारण सर्वसाधरणले ज्यान गुमाउनु परेको थियो ।

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा १८ जना नियन्त्रणमा - 2017-04-08
लहान, चैत २६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच लहानमा झडप भएको छ । झडपका क्रममा प्रहरीले मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादल यादव, नेता नवीन यादवसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप-महासचिवबीच भेटवार्ता - 2017-04-08
काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव ग्रेडा भेरबगबीच शनिबार भेटवार्ता भएको छ।

वरियता विवादले मन्त्रिपरिषदको बैठक फेरि सारियो - 2017-04-06
काठमाडौँ, चैत २४ । उपप्रधानमन्त्रीमा देखिएको वरियता विवाद सुल्झन नसक्दा आज बिहिबार बस्ने नियमति मन्त्रिपरिषद्को बैठक बस्न सकेन। उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीचको बरिष्ठ भन्ने विवादको टुंगो लगाउन गरिएका प्रयासहरु निष्फल भएपछि बैठक आइतबारसम्मका लागि सारिएको छ।

संविधान संशोधनबारे सत्तारुढ दल र मोर्चाबीच बैठक - 2017-03-31
काठमाण्डौं, चैत १८ । संविधान संशोधनको विषयमा शुक्रबार दिउँसो नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच वार्ता हुने भएको छ। मोर्चाका शीर्ष नेताहरुलाई छलफलको लागि प्रधानमन्त्रीले शुक्रबार ३.३० बजे बालुवाटार निवासमा आमन्त्रण गरेको उनको निजी सचिवालयले जनाएको छ।

भारतीय राजदूत पुरी भेटघाटमा सक्रिय - 2017-03-30
काठमाडौँ, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले बिहिबार बिहान भेटवार्ता गरेका छन्। राजदूतको कार्यभार सम्हालेपछि पुरीले प्रधानमन्त्री प्रचण्डसँग पहिलो शिष्टाचार भेट गरेका हुन्।

सद्भावना पार्टी केन्द्रीय सदस्य एवम युवा विभाग प्रमुख यादवद्वारा राजिनामा - 2017-03-30
रौतहट १६ गते चैत्र । रौतहटको राजनैतिकमा व्यापक चचाॅमा रहेक सद्भावना पाटीॅका केन्द्रिय सदस्य एवम युवा विभागका प्रमुख योगेन्द्र राय यादवले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अलोकतान्त्रिक रवैया प्रती असन्तुष्टी राख्दै सदभावना पार्टीका केन्दीय सदस्य

भ्रमण सफल भयो, चुनाव पनि हुन्छ - प्रचण्ड - 2017-03-29
काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणबाट फर्किएका छन्। बुधबार बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए। उनले आफ्नो चीन भ्रमण सफल रहेको बताए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109332 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top