कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

प्राध्यापकबाट राजीनामा दिएर मेयरको उम्मेदवारी लिने लाइनमा - 2017-04-13
चितवन, चैत ३१ । स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा. डा. सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिएका छन्। विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका हुन।

कांग्रेस नेताहरुको एउटै भाकाः अन्तर्घात भएन भने हामीलाई कसैले सक्दैन - 2017-04-13
पोखरा, चैत ३० । कांग्रेसले बुधबार पोखरामा गरेको ४ नम्बर प्रदेशस्तरीय आमसभामा बोल्ने शीर्ष नेताले कांग्रेसभित्रको अन्तर्घातकै चिन्ता गरेका छन्। सभामा पार्टी अध्यक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइरालादेखि पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेसभित्रकै अन्तर्घातकै चिन्ता व्यक्त गर्दै, ‘अब त्यसो नगर्न र जसरी पनि काँग्रेसलाई जिताउँन’ कार्यकर्तालाई अपील गरे।

स्थानीय निर्वाचन बहिष्कार गर्ने मोर्चाको निर्णय - 2017-04-12
काठमाडौँ, चैत ३० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह लगायत तीनै तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी मोर्चाको संयुक्त बैठकले सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्ताव पुरानो भन्दा पनि पछाडि फर्केको भन्दै नयाँ प्रस्तावले समस्याको हल नगरको निष्कर्ष निकालेको हो।

सेनाले नेपालको पहिचान विश्वसामु पुर्‍याएको छ: प्रधानमन्त्री - 2017-04-12
भक्तपुर, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन।

देश परिवर्तनका लागि विधार्थीमा एकता हुन जरुरी – प्रकाश भाई - 2017-04-12
रौतहट, ३० चैत्र । आज समाजवादी विधार्थी फोरम नेपाल रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै फोरमका जिल्ला अध्यक्ष प्रकाश भाई यादवले परिवर्तनका लागि विधार्थीमा एकता हुन अति नै जरुरी रहेको बताएका छन ।

नयाँ संशोधन प्रस्तावको विरोध गर्दै मोर्चाद्वारा संसद बैठक बहिष्कार - 2017-04-11
काठमाडौँ, चैत २९ । सरकारले सोमबार दर्ता गराएको संशोधन नयाँ प्रस्तावको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन्। मंगलबार दिउँसो बसेको संसदको बैठकमा बोल्दै तमलोपाका नेता तथा सांसद कबल अहम्मद शाहले सीमांकनविनाको संशोधन प्रस्ताव स्वीकार्य नहुने भन्दै सीमांकनसहित संशोधन प्रस्ताव नआएसम्म संसद बैठक बहिष्कार गर्ने बताए।

स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुन्छः प्रधानमन्त्री - 2017-04-11
काठमाडौँ, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले जनतालाई अधिकारसम्पन्न बनाउने बताएका छन्।चन्द्रागिरि नगरपालिकाको आयोजनामा पहिलो पटक भएको चन्द्रागिरि महोत्सवको मंगलबार शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुने हुँदा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरे।

निर्वाचनमा सेना प्रयोग गरिँदैनः आयुक्त दाहाल - 2017-04-11
विराटनगर, चैत २९ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकारसँगको भेटघाटमा बोल्दै आयुक्त दाहालले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109374 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top