कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

सभामुख महराद्वारा पद तथा गोपनियताको शपथ ग्रहण - 2018-03-11
फागुन २७ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। महरालाई आइतबार दिउँसो सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।

नेता नअाएपछि राजपा बैठक बस्न सकेन - 2018-03-09
काठमाडौं फागुन २५ सरकारमा जाने/नजानेबारे निर्णय गर्न बाेलाइएकाे राष्ट्रिय जनता पार्टी (राजपा)को आन्तरिक बैठक अध्यक्ष मण्डलका सदस्यहरु अनुपस्थित भएपछि स्थागित भएको छ। शुक्रबार विहान राजपा अध्यक्षले प्रधानमन्त्री केपी ओलीसँग फोनवार्ता गरेपछि आन्तरिक छलफलका लागि आज ३ अध्यक्ष मण्डलका सदस्यहरुलार्इ बोलाएका थिए।

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दाको पेशी सर्वोच्चको ३ नम्बर इजलासमा - 2018-03-09
काठमाडौं फागुन २५ प्रधानमन्त्री केपी शर्मा ओलीको पद खारेज सहितको माग राख्दै बुधबार सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको पहिलो सुनवाई ३ नम्बर इजलासमा हुने भएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा सो रिट निवेदनको पहिलो सुनवाई हुने भएको हो।

चार नम्बर प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको आज मत लिने - 2018-03-09
पोखरा फागुन २५ प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए।

नेतृत्व गर्ने व्यक्तिले आँट गरे दश वर्षमै देशले काँचुली फेर्छ: भवानी राणा - 2018-03-08
काठमाडौँ फागुन २४ उद्योग वाणिज्य महसंघकी अध्यक्ष भवानी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकासको एजेण्डालाई पूरा गर्न निजी क्षेत्र तयार रहेको बताएकी छन्। सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै राणाले १० वर्षभित्र मुलुकको कायापलट गर्न सकिने बताइन्।

संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी महिला हुनु ठूलो उपलब्धी : प्रधानमन्त्री - 2018-03-08
काठमाडौँ फागुन २४ प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।

महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल आवश्यक :राष्ट्रपति - 2018-03-08
काठमाडौँ फागुन २४ राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गरेकी छन्।

वामपन्थीले अधिनायकवादमा होइन जनताको भावनामा विश्वास गर्छन्ः नेपाल - 2018-03-06
फागुन २२ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता मााधवकुमार नेपालले वामपन्थी शक्तिहरु अधिनायकवादमा नभएर जनताको भावनामा विश्वस गर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्टको बहुमत भए वपनि नेपालमा अधिनायकवाद नआउने स्पष्ट पारे। नेपालका असली लोकतन्त्रवादी वामपन्थी नै भएको उनको दावी थियो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109350 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top