कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

दुई चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्रीको आयोगसँग परामर्श - 2017-04-23
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन्। शनिबार सरकार र संघीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरेका हुन्।

सहमतिले मोर्चाका कार्यकर्ता हर्षित, भन्छन्ः चुनावको माहोल बन्यो - 2017-04-23
महोत्तरी, बैशाख १० । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन्। लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेको भन्दै मधेसी नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन्।

दिल्लीमा राष्ट्रपति भण्डारीको सम्मानमा 'गार्ड अफ अनर' - 2017-04-18
नयाँ दिल्ली, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सम्मानमा नयाँ दिल्लीमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।

भारतको ‘स्वागत-कुटनीति’ मा नेपाली असन्तुष्ट - 2017-04-17
काठमाडौं, ४ बैशाख । पाँच दिने भ्रमणका क्रममा सोमबार दिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न विमानस्थलमा भारतकी राज्यमन्त्री उपस्थित भएको खबरसँगै सोसल मिडिया प्रयोगकर्ता नेपालीहरुले ‘नेपालको अपमान भएको’ प्रतिक्रिया दिएका छन्।

स्थानीय तह निमित्तका भरमा चल्दै - 2017-04-16
काठमाडौँ, ३ बैशाख । देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेका छन्। देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेका छन्। घर नजिकै सिंहदरबारको सेवा सुविधा पाउने आशमा बसेका यी स्थानीय तहवासी एक महिनादेखि कार्यकारी अधिकृत आउने आशमा बस्न बाध्य छन्।

मोर्चा र गठबन्धनले निर्वाचनको विरोधमा आमहड्ताल सहित आन्दोलन गर्ने - 2017-04-16
काठमाडौँ, ३ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको विरोधमा आमहड्तालसहित आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन्। मधेसी मार्चा तथा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

राउतको बयान प्रक्रिया सुरु - 2017-04-16
काठमाडौँ, ३ बैशाख । धरौटीमा रिहा भए लगत्तै सिराहबाट पुन पक्राउ परेका सिके राउतलाई आइतबार रुपन्देहीमा बयान लिने पक्रिया सुरु भएको छ। चैत्र ३१ गते सिराहा जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि रुपन्देही प्रहरीको आग्रहमा राउतलाई पुन पक्राउ गरिएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, भारत भ्रमणका विषयमा छलफल - 2017-04-13
काठमाडौं, चैत ३१ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109388 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top