कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

काँग्रेस नेताहरुको एकै स्वरः कार्कीले हस्तक्षेप गरिन्, त्यसैले महाअभियोग - 2017-05-01
काठमाडौं, १८ बैशाख । नेपाली काँग्रेसका नेताहरुले प्रधानन्यायाधीश कार्कीले शक्तिपृथकीकरणको सिद्धान्त विपरित सीमा रेखा नाघेर कार्यकारीको अधिकारमा हस्तक्षेप गरेका कारण महाभियोग लगाउनु परेको तर्क गरेका छन्। काग्रेस पार्टी कार्यालय सानेपामा सोमवार चुनाव तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा मन्त्री रमेश लेखकले प्रधानन्यायाधीश कार्कीले भने, ‘कार्यकारीको अधिकारमाथी पटक पटक अतिक्रमण गरेकोले महाभियोग लगाउनु परेको हो।’

महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्णः उपप्रधानमन्त्री थापा - 2017-04-30
काठमाडौं, १७ बैशाख । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन्। आइतबार दिउँसो सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको केही समयमै सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपालको न्यायिक इतिहासमै पहिलो महाअभियोग सुशीला कार्कीलाई - 2017-04-30
काठमाडौं, १७ बैशाख । नेपालको न्यायिक इतिहासमै पहिलोपटक प्रधानन्याधिसमाथि महाअभियोग लगाइएको छ। आइतबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक तिहाइ सभासदले प्रधानन्याधिस सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

सरकार चुनाव हुन नदिने षड्यन्त्रमाः ओली - 2017-04-27
काठमाडौँ, १४ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव भाँड्न लागिपरेको दाबी गरेका छन्। उनले डिआइजी नवराज सिलवालबारे टिप्पणी गर्दै सरकारले नै किर्ते गरेको आरोप लगाए। पार्टीको राष्ट्रिय प्रचार भेलामा सम्बोधन गर्दै ओलीले संविधान संशोधन, स्थानीय तह थप गर्ने लगायतका बहानामा सरकार चुनाव हुन नदिन लागिपरेको बताए।

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चुनावी मोर्चाबन्दी - 2017-04-25
काठमाडौं, १२ बैशाख । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम स्थानीय निर्वाचनको लागि आपसी मोर्चावन्दीमा सहमत भएका छन्। लामो समयदेखिको एकता प्रक्रिया टुङ्गो लाग्न नसकेपछि दुई दलबीच चुनावी मोर्चावन्दी हुने भएको हो। मोर्चावन्दीपछि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी उपेन्द्र यादवको संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर चुनावी मैदानमा पुग्नेछ।

जैद आलमको उम्मेदवारी घोषणा, विपक्षी उम्मेदवारमा हडकंप - 2017-04-23
रौतहट १०,बैशाख । रौतहट जिल्लाको क्षेत्र नं. २ अन्तर्गत रहेको राजपुर गाउपालिकाको प्रमुखमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारको टुंगो लगाएको छ । आइतवार बसेको पार्टिको

मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री सिधै ओली निवासमा - 2017-04-23
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद बैठकबाट सिधै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन्। प्रधानमन्त्री बनेपछि दाहाल पूर्वनिर्धारित कार्यक्रमबिनै र निम्तो बिना नै ओली निवास गएका हुन्। संविधान संशोधन प्रकृया र निर्वाचनको विषयमा छलफलका लागि उनी सिंहदरबारबाट सोझै बालकोट गएको उनको सचिवालयले जनाएको छ।

निर्वाचन दुई चरणमा गर्नका लागि आयोगका पदाधिकारीसँग परामर्श - 2017-04-23
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नु पर्नाको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार परामर्श गरेका छन् । सरकार र आन्दोलनरत मधेस केन्द्रित दलसँग शनिबार भएको सहमतिअनुसार केही प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा आवश्यक तयारीका बारेमा छलफल गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109385 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top