कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

सुशीला कार्की सर्वोच्च फर्केर न्यायाधीसलाई इजलास तोकिन् - 2017-05-07
काठमाडौं, २४ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालतको नियमित काममा फर्किएकी छन्। सर्वोच्चले शुक्रबार महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन्।

उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश - 2017-05-06
काठमाडौं, वैशाख २२ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रौतहट उद्योग वाणिज्य संघका कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवलगायत रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जिम्मेवारी बोध गरी राजीनामा फिर्ता गरेँः उपप्रधानमन्त्री निधि - 2017-05-04
काठमाडौं, २१ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकता र जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन्।

संविधान संशोधन र महाभियोगबारे शीर्ष नेताबीच छलफल - 2017-05-04
काठमाडौं, २१ बैशाख । तीन ठूला दलका प्रमुख नेताहरु संविधान संशोधन र प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावबारे छलफल गर्ने सिंहदरबारमा बैठकमा जुटेका छन्। संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपालखबरलाई बताए।

आजदेखि आचारसंहिता अनुगमन टोली फिल्डमा - 2017-05-03
काठमाडौँ, २० बैशाख । निर्वाचन आयोगले आचारसंहिता अनुगमनको लागि आज बुधबारदेखि उच्चस्तरीय टोली परिचालन गर्दैछ। पहिलो चरणमा हुने ३४ जिल्लाको स्थानीय चुनाव अनुगमनका टोली स्थलगत पुग्दैछन्। अनुगमन टोलीलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्मका अधिकार दिइएको छ।

आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही हुन्छः निर्वाचन आयुक्त - 2017-05-03
काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने बताएका छन्। बुधबार नेपाल नेत्रहीन संघले काठमाडौँमा आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचनको प्रचारप्रसार गर्दा अरुको मर्यादाको ख्याल गर्नु पर्ने बताए।

प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु - 2017-05-02
काठमाडौँ १९ बैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन यादवको माग - 2017-05-01
काठमाडौं, १८ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग तत्काल फिर्ता लिन माग गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109401 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top