कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

को महिला हुन् जसले सेल्फीमा मुन्टो बटारिन् - 2017-05-11
काठमाडौं, २८ बैशाख । संयुक्त चुनावी सभालाई सम्बोधन गर्न चितवन जाँदै गर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रकाश दाहालले जहाजमा खिचेको एउटा सेल्फी सार्वजनिक भयो। प्रधानमन्त्री दाहाल पूत्र प्रकाशले फेसबुकमा यो सेल्फी राखेपछि सामाजिक सञ्जालमा यो तस्विरबारे अनेकन प्रतिक्रिया देखिएको छ।

देशलाई घुँडा टेक्ने होइन, पैतालामा उभिने स्वाभिमान चाहिएको छः ओली - 2017-05-10
काठमाडौँ, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई पैतालाले टेकेर उभिने स्वाभिमान चाहिएको बताएका छन्। राजधानीको कार्की पार्टी प्यालेसमा एमाले केन्द्रीय प्रचार विभागद्वारा आयोजित चुनावी प्रचार भेलालाई सम्बोधन गर्दै उनले देशमा घुँडाले टेक्नेहरुको हावी भएको आरोप लगाए। उनले भने ‘कतिपय पार्टीको घुँडाको छाला छैन टेकेर, घुँडा होइन पाइतालले टेकेर उभिने स्वाभिमान चाहिएको छ।’

मधेशवादि युवा नेता यादव केन्द्रीय सदस्यमा मनोनीत - 2017-05-10
जितेन्द्र कुमार दास । रौतहट २६ बैशाख । रौतहट जिल्लाका ख्याति प्राप्त तथा चर्चित मधेशवादि युवा नेता योगेन्द्र राय यादव संघिय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्यमा मनोनीत हुनु भएको छ । लगभग २ महिना दिन अगाडि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टिलाई परित्याग गरि सिरहामा अध्यक्ष उपेन्द्र यादवबाट टिका ग्रहण गरि फोरम नेपालमा प्रवेश गरेको नेता योगेन्द्रलाई पार्टिले स्वच्क्ष र ईमन्दार छबी भएको भन्दै केन्द्रीय सदस्य पदमा मनोनीत गरेका जनाएको छ ।

विरगंजलाई महानगरपालिका बनाएर देखाउछु ःस्वकीय सचिव ठाकुर - 2017-05-10
रौतहट २६ बैशाख/ चुनावको मुखमा आएर प्रधानमन्त्री पुष्पकमल दहाल नेतृत्तवको सरकारमा सहभागी भएको मधेशी जनअधिकार फोरम लोक्तान्त्रिक पार्टिका अध्यक्ष र उपप्रधान तथा संघिय मामिला तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छदारका स्वकीय सचिव

तीन दल र संघीय गठवन्धनको बैठक बालुवाटारमा सुरु - 2017-05-09
बालुवाटार, २६ बैशाख । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संघीय गठवन्धनले संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी छन् ।

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्न नयाँ शक्तिको पनि माग - 2017-05-09
काठमाडौँ, २६ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि संविधान अनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै आएको छ ।

सपथ खाँदै गच्छदारले भने, ‘राजनीतिक संक्रमणका बेला मुलुकले मलाई सम्झिएको हो’ - 2017-05-09
काठमाडौँ, २६ बैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा सोमबार साँझ पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’

अनुगमनकर्तालाई प्रमुख आयुक्तको निर्देशनः कसैप्रति पूर्वाग्रह नराखी काम गर्नुहोस् - 2017-05-07
काठमाडौं, २४ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आइतबार काठमाडौँमा आयोजित प्रशिक्षणमा प्रमुख आयुक्त यादवले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रुपमा काम गर्न सुझाव दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109389 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top